घामै प्यारो आमै प्यारोको अन्तरक्रिया सम्पन्न


[ss_social_share]
लेखक : लेखापढी      ३ बैशाख २०७८, शुक्रबार २३:०३ मा प्रकाशित     
घामै प्यारो आमै प्यारोको अन्तरक्रिया सम्पन्न

काठमाडौं । वैशाख ३
आज राजधानीमा वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको बाल नियात्रा घामै प्यारो आमै प्यारोको अन्तरक्रिया सम्पन्न भएको छ ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको सो अन्तरक्रिया समारोहको अध्यक्षता केन्द्रका अध्यक्ष प्रमोद प्रधानले एवम् सञ्चालन उपाध्यक्ष विजयराज आचार्यले  गरेका थिए । कार्यक्रममा  प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष प्रतिक ढकाल थिए । कार्यक्रममा कृतिका लेखक घनश्याम राजकर्णिकारले पनि आफ्ना विचार प्रस्तुत गरेका थिए ।

बाल नियात्रा पुस्तकमाथि महेश पौडेल, अनन्त वाग्ले र कृष्णप्रसाद दाहालले समीक्षा गरेका थिए । कार्यक्रममा बालवाङ्मय तथा अनुसन्धान केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् ।

 

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •