नापी विभागले सुरु गर्यो ‘मेरो कित्ता’: घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने


लेखक : लेखापढी      २ बैशाख २०७८, बिहीबार १२:५० मा प्रकाशित     
नापी विभागले सुरु गर्यो ‘मेरो कित्ता’: घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने

घरमै बसी बसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने मिल्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने छन् ।

यो अनलाइन सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ ।

नापी विभागले आज अर्थात बिहिबारदेखि यो सेवा लागू गर्ने भएको हो ।  अब फिल्ड मै गएर घर जग्गाको नक्सा हेर्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ ।  विभागका अनुुसार यो अनलाइन सेवा सुरु भएपछि जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन मालपोत कार्यलय धाउनुपर्ने छैन ।

‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ । यो अनलाइन सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ ।
यो सँगै मेरो कित्ता लागू भएपछि घरमै बसेर घर जग्गासम्बन्धी जानकारी लिन सकिने छ ।

अनलाइन सेवा लिनको लागि यहाँ जानुहोस्

100% LikesVS
0% Dislikes
Spread Your Love !!!