खै के भनेर नयाँ बर्षको शुभकामना दिउ ?


लेखक : लेखापढी      २ बैशाख २०७८, बिहीबार ११:४० मा प्रकाशित     
खै के भनेर नयाँ बर्षको शुभकामना दिउ ?
कोभिड-१९ ले बार्षिकोत्सब पार गरिसकेको छ। अघिल्लो बर्ष कोभिड-१९ को संक्रमणको चाडै अन्त्य होस् भनेर नयाँ बर्षको शुभकामना दिएको थिए । तर बर्ष अन्त्य भए संगै कोभिड भिन्न रुपमा जनमानसमा छिरेर अझै दुख दिने संकेत गरिसकेको छ त्यसैले यस्तो बेलामा खै के भनेर नयाँ बर्षको शुभकामना दिउ..?
कोभिडको कारण देखाई एकतर्फी रुपमा ब्यबसायीले प्रतिष्ठान बन्द गरेका बेला, प्रतिष्ठान खोलेर पनि जागिरमा नबोलाउने हर्कत गरिरहेको बेला, काम गर्नेलाई पनि खाए खा नखाए घिच् भन्ने निच ब्यबहार गरिरहेको बेला, मजदुर को रोजिरोटी खोसिएको बेला, मजदुरलाई बिस्थापित बनाएको बेला, घरको चुलो नबलिरहेको बेला, घरबेटीले घरबाट निस्कन निर्देशन दिईरहेको बेला, मजदुर मजदुर बिच एकता नभईरहेको बेला, एकले अर्कोलाई बिश्वास गर्ने वातावरण नबनिरहेको बेला, राजनितिक पार्टीले पनि मजदुरका लागि केही नबोली ब्यबसायीलाई साथ दिईरहेको बेला, राज्यले पनि मजदुरका पक्षमा गरिएको निर्णय समेत कार्यान्वयन गराउन नसकिरहेको बेला, राज्यले दिने राहत समेत मजदुरले नपाएको बेला, ट्रेड युनियनहरुले समेत मजदुरको दु:ख-सुखमा साथ दिन नसकिरहेको बेला, कानुनको कार्यान्वयन गर्न कोही तयार नभईरहेको बेला, देशको राजनिति पनि ब्यक्तिको पद-प्रतिष्ठासंग वा निजी स्वार्थसंग जोडिएर अस्थिरता तिर उन्मुख भईरहेको बेला, न्यायपालिका, कार्यपालिका, ब्यबस्थापिका तथा पत्रकारिता समेत स्वस्फुर्त रुपमा नचलिरहेको बेला, चोरी डकैती,महंगी, बेरोजगारी, असुरक्षा, हत्या, हिंसा, आत्महत्या तथा बलात्कार जस्ता घटनाहरु दिनदिनै बढिरहेका बेला, अन्यायमा परेका जनताहरुले न्याय नपाईरहेको बेला, प्रकृतिले समेत साथ नदिईरहेको बेला, तनावले निदाउन पनि नसकिरहेको बेला खुशी हुन सक्ने कुरै भएन, सुख त परको कुरा..
त्यसैले जबसम्म पिडामा परेका जनताहरुको बिचमा सरकार छ भन्ने अनुभुति हुन सक्दैन तबसम्म यो ब्यबस्थाप्रति पनि प्रश्न चिन्ह खडा हुन सक्छ।

त्यसैले माफ गर्नुहोला नयाँ बर्ष २०७८ लाई हार्दिकता पुर्वक स्वागत गर्न सकिएन।


तीर्थ सुबेदी
मन्थली-१,रामेछाप
67% LikesVS
33% Dislikes
Spread Your Love !!!