पूर्वराजा ज्ञानेन्द्र शाह कुम्भमेलामा सरिक भई बैशाख ५ गते स्वदेश फर्किनु हुने


पूर्वराजा ज्ञानेन्द्र शाह कुम्भमेलामा सरिक भई बैशाख ५ गते स्वदेश फर्किनु हुने

काठमाण्डाैं । पूर्व राजा ज्ञानेन्द्र शाह दम्पति यही वैशाख ५ गते स्वदेश फर्कनु हुने भएकाे छ । अघिल्लाे साता भारतकाे हरिद्वारकाे कुम्भमेलामा मुख्य अतिथिका रूपमा सहभागि हुनु भएका राजदम्पति वैशाख ५ मा नेपाल फर्कन लागेकाे जानकारी शाही शक्ति नेपालका संस्थापक तथा संरक्षक मुनिन्द्र राजभण्डारीले दिनु भएकाे हाे । उहाँले राजारानीकाे फिर्ती सवारीमा स्वागतका लागि सरिक हुन सबै नागरिकलाइ अपिल पनि गर्नु भएकाे छ । शाही शक्ति नेपालका संस्थापक तथा संरक्षक मुनिन्द्र राजभण्डारीले  सामाजिक सन्जाल फेसवुकमा दिएकाे जानकारी जस्ताकाे त्यस्तैः

बिश्व हिन्दु सम्राट श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देब सरकार तथा श्री ५ बडा महारानी कोमल सरकारको भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भइ यही बैशाख ५ गते स्वदेश फिर्ती सवारी हुने कार्यक्रम रहेको हुदा सम्पुर्ण राज संस्था र हिन्दुराज्यमा आस्था राख्नु हुने सम्पुर्ण नेपाली नागरिकहरु लाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उपस्थित भइ बिश्व हिन्दु सम्राट श्री ५ महाराजाधिराज तथा श्री ५ बडा महारानी सरकारको भब्य स्वागत गरिने कार्यक्रम रहेको जानकारी गराउद्छौ। समय अहिले नै एकिन नभएको र जानकारीमा आए पछि अबगत गराउने छौ।

छिमेकी भारतको हरिद्वारमा महाकुम्भ मेलामा सहभागी हुनु भएका पूर्व राजा ज्ञानेन्द्र शाह हाल दिल्ली रहनु भएको छ । दिल्ली बसाईका क्रममा उहाँले त्यहाँ राजनीतिक, पारिवारिक, निकटतम व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । गत बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह हरिद्वारमा महाकुम्भ मेलामा सहभागी हुन भारत प्रस्थान गर्नु भएको थियो ।

भारत यात्राका क्रममा राजदम्पति तीन दिनको दिल्ली बसाइ र भेटघाटपछि आइतबार शाही स्‍नानका लागि हरिद्वार जानु भएको थियो । त्यहाँ पूर्वराजालाई नेपाल नरेशकै हैसियतमा, हिन्दू सम्राटका रूपमा वर्तमान राजालाई झै विशेष सम्मान गरिएको थियो । पूर्व राजाले त्यहाँ गरेको लिखित सम्वोधनमा हिन्दू धर्ममाथिको प्रहार रेक्न पर्ने विचार व्यक्त गर्नु भएको थियो ।