सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रशासकीय अधिकृत बोहरा प्रबल जनसेवा श्री चतुर्थद्वारा विभूषित


सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रशासकीय अधिकृत बोहरा प्रबल जनसेवा श्री चतुर्थद्वारा विभूषित

काठमाडौं २ बैशाख । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रशासकीय अधिकृत दीपक बोहरा प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् । २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो  ।

कला क्षेत्रबाट राष्ट्रका लागि उल्लेखनीय काम गरेको भन्दै बोहरालाई राष्ट्रपति भण्डारीले सम्मानित गरेकी हुन् ।

संविधान दिबसको शुभ अबसरमा बोहरालाई प्रबल जनसेवा श्री पदकबाट सम्मानित  गरिएको हो । बोहरा विगत एक दशकदेखि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा आवद्ध भएर काम गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा यो गदान पु¥याएका महानुभावलाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समाराेह विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ ।