नव वर्षका अवसरमा शुभकामना पदयात्रा र तारकेश्वरमा कविता कार्यक्रम सम्पन्न


नव वर्षका अवसरमा शुभकामना पदयात्रा र तारकेश्वरमा कविता कार्यक्रम सम्पन्न

काठमाडौं । वैशाख २
संसाक मासिकको आयोजनामा यही वैशाख १ गते काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका ५, मुडखु गढी भञ्ज्याङमा शुभकामना पदयात्रा एवम् तारकेश्वरमा कविता कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम तारकेश्वर नगरपालिकासँगको सहकार्यमा सम्पन्न भएको थियो ।

शुभकामना पदयात्रा तारकेश्वर न.पा.–५, मुड्खुचोकबाट शुभारम्भ भएर गडी भञ्ज्याङ, भ्यू टावरमा समापन भएको थियो । पदयात्रापछि भ्यु टावरको अवलोकन, फोटोसेसन पनि साहित्यिक गोष्ठीको आयोजना गरिएको थियो ।

संसाक मानिसकी सहसम्पादक भवानी मैया पन्तको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन तारा केसीले गरेकी थिइन् ।

संसाक मासिकका प्रधान सम्पादक उमेश पाण्डेयको स्वागत मन्तव्य रहेको समारोहमा कार्यक्रमको औचित्यमाथि प्रा. डा. शैलेन्द्रुप्रकाश नेपालले प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् प्रगतिशील लेखक संघका अध्यक्ष प्रा. डा. जीवेन्द्रदेव गिरीले पदयात्राले शरीर र मन स्वस्थ हुने विचार राखे । उनले यस किसिमका कार्यले स्रष्टाहरूलाई जोडने, प्रकृतिसँग नजिक बनाउने र समाजमा सकारात्मक सन्देश जाने विचार व्यक्त गरे ।

कार्यक्रममा डा. सत्यराज थपलिया, डा. घनश्याम परिश्रमी, डा.पुष्करराज भट्ट, डा. विदुर चालिसे, डा. उदेश पाण्डेय, डा. राधिका थपलिया, नरबहादुर विसी, घन थापा, मौनता थापा, गंगा आचार्य सेढाँई, राधा कार्की दुलाल, राजेन्द्र घिमिरे सागर, रविना घिमिरे, राधा कार्की, वासुदेव ठकुरी, डिल्लीप्रसाद मूलतिहुन, रामबहादुर पहाडी, धरणीधर गुरागाईँ, अर्जुनबाबु तिवारी, टंकबहादुर बजगाई खत्री, खोलाघरे साइँलो, माधवलाल श्रेष्ठ लगायतका स्रष्टाले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा सहभागीलाई संसाक मासिकका सल्लाहकार रत्नप्रसाद अनामणिले धन्यवाद ज्ञापन गरेका थिए ।