तेह्र सम्मान वितरण एवम् पाँच पुस्तक सार्वजनिक


लेखक : लेखापढी      २ बैशाख २०७८, बिहीबार ११:१६ मा प्रकाशित     
तेह्र सम्मान वितरण एवम् पाँच पुस्तक सार्वजनिक

काठमाडौं । २ वैशाख
नेपाली साहित्य समाज र साहित्य संवर्धन केन्द्रले नव वर्ष २०७८ को शुभारम्भमा तेह पुरस्कार वितरण एवम् पाँच पुस्तकको विमोचन गरेको छ ।

संस्थाले हरेक वर्ष वैशाख १ गतेलाई साहित्य दिवस मानेर सोही दिवसका अवसरमा संक्षिप्त कार्यक्रम आयोजना गरी सम्मान अर्पण एवम् साहित्यिक कार्यक्रम गर्ने गरेका छ ।

कार्यक्रममा लक्ष्मी मास्केको मेरा श्रद्धेय पुर्खाहरू र देवघाटधामको महत्व, राजेशमान केसीको उत्प्रेरणा र जिन्दगीको यात्रा, सरस्वती गिरीको आत्मकथन कृतिको विमोचन गरिएको थियो ।

पूर्व मन्त्री एवम् साहित्यकार प्रदीप नेपालको प्रमुख आतिथ्यमा गोल्डेन लाइट पार्टी प्यालेस चाबहिलमा भएको कार्यक्रमको सभापति प्राध्यापक राजेन्द्र सुवेदी थिए । संस्थाका महासचिव विनयकुमार शर्माले स्वागत मन्तव्यसहित पुरस्कारका बारेमा मन्तव्य राखेका थिए। सम्मानित स्रष्टाका बारे रमेश शुभेच्छुले विचार राखेका थिए ।

कार्यक्रममा लोकार्पित पुस्तकका बारे डा. लेखप्रसाद निरौलाले समीक्षात्मक मन्तव्य राखेका थिए । कोराना महामारीका कारण कार्यम छोटो र थोरै सहभागीका बिचमा सम्पन्न भएको थियो ।

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!