यूएईलाई २३ अर्ब डलर बढीको हतियार बेच्ने तयारी


[ss_social_share]
लेखक : लेखापढी      २ बैशाख २०७८, बिहीबार १२:४४ मा प्रकाशित     
यूएईलाई २३ अर्ब डलर बढीको हतियार बेच्ने तयारी

वासिङ्टन । अमेरिकाले २३ अर्ब अमेरिकी डलरभन्दा बढीको हतियार संयुक्त अरब इमिरेट्स (यूएई)लाई बेच्ने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनले मंगलबार संसदमा ट्रम्प प्रशासनको निर्णयअनुसार यूएईलाई हतियार बिक्री गर्न लागिएको जानकारी गराएका हुन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा भएको हतियार बिक्रीको सम्झौता समिक्षाका लागि भन्दै बाइडेन प्रशासनले स्थगित गरेको थियो । ट्रम्पको कार्यकाल सकिने केही समयअघि मात्र सम्झौतालाई अन्तिम रुप दिइएको थियो । 

हतियार बिक्रीको प्रस्तावको विषय मात्र नभई आफूहरुले ती हतियार प्रयोगको विवरणबारे पनि निरन्तर परामर्शमा रहेको अमेरिकी विदेश विभागका एक प्रवक्ताले बताएका अलजजिराले उल्लेख गरेको छ ।

उक्त सम्झौतामा एफ–३५ लाइटिङ एअरक्राफ्ट, मानवरहित विमान जस्ता जनरल एटमिक्स, लकहिड मार्टिन र रेथिएन प्रविधि समेटिएको छ ।

यमन युद्धमा हस्तक्षेप गरेको भन्दै केही अमेरिकी सांसदहरुले यूएईको आलोचना गर्दै आएका छन् । विश्वमै सबैभन्दा खराब मानवीय संकट खेपिरहेको यमनमा अमेरिकाले बिक्री गरेको हतियार प्रयोग भएको भन्दै उनीहरुले आलोचना गरेका हुन् ।
(-ratopati मा प्रकाशित)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •