नेपाल प्रज्ञा प्रतिष्ठानमा नयाँ वर्षको सांस्कृतिक महत्वबारे प्रवचन


नेपाल प्रज्ञा प्रतिष्ठानमा नयाँ वर्षको सांस्कृतिक महत्वबारे प्रवचन

काठमाडौं । १ वैशाख २०७८
नेपाल प्रज्ञा प्रतिष्ठानले नव वर्ष २०७८ को पूर्वसन्ध्यामा प्रज्ञा भवनको देवकोटा कक्षमा स्रष्टा भेटघाट एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन नेपाल प्रज्ञा प्रतिष्ठान योजना तथा कार्यक्रम महाशाखाका बुद्धि तिमिल्सनाले गरेका थिए ।

कार्यक्रममा उपकुलपति जगमान गुरुङले स्वागत मन्तव्य राखे । उनले वि.स.का बारेमा अनेकन भ्रम सिर्जना गरिएकोमा सो भ्रम चिर्न यो कार्यक्रम राखिएको बताए । गुरुङले भूगोलशास्त्र र ज्योतिषशास्त्रलाई मान्ने हो भन े विक्रम सम्वत महत्वपूर्ण रहेको र यसको ठुलो महत्व रहेको बताए । उनले विक्रम सम्वत नेपालको गौरव भएको र मान्छेको जस्तै ग्रहका् पनि शत्रु र मित्र हुने बताए ।

नयाँ वर्षको सांस्कृतिक महत्व विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानका सामाजिक शास्त्र विभाग प्रमुख प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले विशेष मन्तव्य दिए । उनले नेपालका सन्दर्भमा चलेको पुरानो सम्वत विक्रम सम्वत रहेको बताए । पन्तले गणितीय एवम्् ज्योतिषीशास्त्रका आधारमा पनि विक्रम सम्वतको विशेष सांस्कृतिक महत्व रहेको विचार राखे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यो कार्यक्रम सार्थक रहेको बताए । उनले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनशास्त्रजस्ता विषयको सृजना, खोज–अन्वेषण र लेखन कार्यमा समर्पित स्रष्टाको सम्मानका लागि परिचयपत्र प्रदान गर्न लागिएको जानकारी दिए । उनले सम्भवतः नयाँ वर्षसँगै लेखक÷साहित्यकार परिचयपत्र वितरण प्रक्रिया अगाडि बढ्ने बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटा सङग्रहालय भवन निर्माण हुने र त्यसका लागि आजै मात्र बोलपत्र आव्हानको सूचना प्रकाशित भएको जानकारी दिए । उनले अर्को आर्थिक वर्षभित्रमा महाकवि देवकोटा सङ्ग्रहालय तयार भई सञ्चालनमा आउने आशा व्यक्त गरे ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित विज्ञ–समीक्षित शोधपत्रिका ‘प्रज्ञा’, बहुभाषिक अर्धवार्षिक पत्रिका ‘सयपत्री’ र अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’को पछिल्लो अङ्कको लोकार्पण समेत गरिएको थियो ।