प्रज्ञामा नयाँ वर्षका अवसरमा पुस्तक प्रदर्शनी


लेखक : लेखापढी      १ बैशाख २०७८, बुधबार २१:०९ मा प्रकाशित     
प्रज्ञामा नयाँ वर्षका अवसरमा पुस्तक प्रदर्शनी

काठमाडौं । १ वैशाख २०७८
नेपाल प्रज्ञा प्रतिष्ठानमा नयाँ वर्ष २०७८ का अवसर पारेर पुस्तक प्रदर्शनी प्रारम्भ भएको छ । ‘नयाँ वर्षमा नयाँ पुस्तक पढौँ’ भन्ने उद्घोष सहित नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सुरु गरिएको पुस्तक प्रदर्शनीको हिजो ३१ चैतमा कुलपति गङ्गाप्रसाद उप्रेतीले शुभारम्भ गरे ।

कुलपति उप्रेतीले पाठकहरूलाई नयाँ वर्षमा नयाँ पुस्तकहरू पढाउने उद्देश्यले समेत आयोजना गरिएको बताए । प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भाषा, साहित्य, संस्कृति, दर्शन र विभिन्न भाषासम्बन्धी शब्दकोश गरी ४२३ पुस्तक र एक सयभन्दा बढी पत्रपत्रिका राखिएका छन् । १५ दिनसम्म जारी रहने प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!