टोकियो ओलम्पिक साउन ८ (२३ जुलाई) देखि सुरु हुने


लेखक : लेखापढी      १ बैशाख २०७८, बुधबार १६:५० मा प्रकाशित     
टोकियो ओलम्पिक साउन ८ (२३ जुलाई) देखि सुरु हुने

काठमाडौं । टोकियो ओलम्पिक सञ्चालनको काउन्डाउन सुरु भएको छ । २३ जुलाई अर्थात् आउँदो साउन ८ गतेबाट सुरु हुुने ओलम्पिक अगस्ट ८ अर्थात् साउन २४ गतेसम्म चल्नेछ ।

कोरोनाको बढ्दो संक्रमण, विरोधको बाबजुद् आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) प्रतियोगिता सञ्चालनको लागि अगाडि बढेका छन् ।

जापानले अन्तिम पटक सन् १९६४ मा टोकियो ओलम्पिकको आयोजना गरेको थियो । दोस्रो विश्वयुद्धपछि आयोजना गरिएको उक्त प्रतियोगिता जापानले सफलतापुर्व सम्पन्न गरेको थियो । त्यसपछि जापानले १९७२ र १९८८ मा ओलम्पिकको आयोजना गरेको थियो ।

यो वर्ष टोकियो ओलम्पिकमा ३३ खेलमा ३३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!