कुकर्म – कथा


लेखक : लेखापढी      ३१ चैत्र २०७७, मंगलवार १४:४१ मा प्रकाशित     
कुकर्म – कथा

काठमाडौ सहरमा घनश्याम शर्मा नाम गरेका चर्चित व्यक्ति बस्थे । उनलाई सबैले शर्मा जि भनेर बोलाउथे । उनी सांसद पनि भइसकेका थिए । उनी देशको गन्नेमान्ने राजनीतिज्ञमा गनिन्थे ।

सांसद हुनुभन्दा केही महिना अगाडि सम्म पनि उनले विभिन्न उद्योगमा काम समेत गरेका थिए तर जब उनले यी सबै काम छोडेर राजनितिमा होमिए, उनको दिन दुगुना रात चौगुनाको गतिमा प्रगति हुँदै गएको थियो । उनले छोटो समयमा अरबौँको सम्पत्ति कमाए ।

शर्माजिको छोराले व्याचलरमा सर्वोत्कृष्ट नतिजा ल्याएर उतिर्ण गरेको उपलक्ष्यमा एक दिन शर्माजिले भव्य पार्टीको आयोजना गरेका थिए । पार्टी सोल्टी होटेलमा भएको थियो । होटेल झकिझकाउ थियो । खाद्य पदार्थ र पेय पदार्थले भरिपूर्ण थियो । साँझ पर्नुअगावै राष्ट्रिय अन्तर्राष्ट्रिय ओहोदाका पाहुनाहरूको घुइँचो लागेको थियो । आमन्त्रित प्राय जसो पाहुनाहरु पार्टीमा आइपुगिसकेका थिए । पाहुनाहरू फरक फरक टेबलमा बसी खानपिनमा लागे ।

तीमध्येमा आँखामा चस्मा, हातमा घडी, घाँटिमा टाइ र शरीरमा टपक्क परेको सुट अनि खुट्टामा कालो जुत्ता लगाएका ह्यान्डसम पाहुनाले सबैको नजर तान्यो । उसको मुहारले भन्दा पनि उसले बोकेको सुट्केश सबैको हेराइको केन्द्रबिन्दु बन्यो । ती पाहुँना अरु कोहि नभएर कर्ण थिए ।

कर्ण शर्माजीले एक समय काम गरेको उद्योगका सहकर्मी हुन् । उनलाई पनि पार्टीमा आमन्त्रित गरिएको थियो । कर्णले आफ्नो सुटकेस कुर्सीको छेउमा राखेर खानपिनमा लाग्यो । खानपिन पछि कर्णले शर्माजीसंग सुटुक्क भेट्न सुनसान कोठामा बोलायो । पार्टीमा आमन्त्रित अन्य दुई पाहुँना; रमेश र कबिनले कर्णको चियो गर्न थाले ।

यतिकैमा कर्णले शर्माजिलाई सुट्केश दियो र केही भन्न थाल्यो । यता रमेश र कबिनले भने लुकेर तिनिहरुको गफ सुन्दै थिए । अचानक उनिहरुको गफ सुनेर रमेश र कबिन ससंकित भए । उनिहरु त ड्रग्स(लागुपदार्थ)लाई अवैध ढंगबाट भित्राउने र बाहिर पठाउने बारे कुरा गर्दै रैछन् । त्यो सुट्केश पनि चरेसका पोकाहरूले टम्म भरिएको थियो । उनिहरु बीच कुरा नमिलेपछि हल्का एक अर्का बीच भनाभन पर्न थाल्यो ।

पाहुँनाहरु भने खाना मै व्यस्त थिए । रमेश र कबिन भने अब के गर्ने होला भनेर सोच्दै थिए । र उनिहरुले त्यो भनाभन परेको र सुट्केशमा भएको चरेशको परैबाट भिडियो खिचे । उनिहरुले कसैले पनि यस्तो कुकार्य गर्नुनहुने र गर्नेले सजाय पनि पाउनु पर्छ भनेर नजिकैको प्रहरी कार्यलयमा गए र स-विस्तार सबै घटनाको बेलिबिस्तार लगाए र अघि खिचेको भिडियो देखाइदिए ।

रमेश र कबिनको सुराखी र बयानको आधारमा प्रहरीको टोलि सोल्टी होटेलमा पुग्यो । अझै पनि शर्माजी र कर्ण बीचको विवाद सुल्झेको थिएन । उनिहरु होटेल भित्र छिरे तर शर्माजीको श्रीमतिले भित्र छिर्न दिइनन् । प्रहरीले आफ्नो काममा बाधा नपुर्याउन, पुर्याए हतकडी लगाइदिने धम्की दिएपछी उनले प्रहरीलाई भित्र छिर्न दिइन् ।

प्रहरीले सबैको सामानमा खोजतलास गर्यो तर न त सुट्केश नै भेट्यो न त मान्छे नै । प्रहरीले शर्माजीको श्रीमतिलाइ शर्माजि खोइ भनेर सोध्यो । श्रीमतिले विशेष कामले बाहिर जानुभएको छ भन्ने जवाफ दिइन् । रमेश र कबिनले अरुले थाहा नपाउने गरि प्रहरिलाइ कर्ण र शर्माजिले भनाभन गरिरहेको कोठा देखाइदिए । प्रहरीले हतकडी र बन्दुक सहित होटेललाई घेरा हाले र उनिहरु भएको कोठामा गए । कोठाको ढोका बन्द थियो भने झ्यालको पर्दा खुल्लै थियो र पर्दाबाट भनाभन गरेको र सुट्केश अनि त्यो भित्रको चरेश पनि प्रस्टै देखिन्थ्यो । उनिहरुले ढोका ढक-ढक गरे तर ढोका खोलेनन् उनिहरुले सुट्केशलाइ दराज भित्र लुकाए र दस मिनेट पछि ढोका खोले ।

प्रहरीले आफ्नो परिचयपत्र देखाएर कोठामा छानबिन गर्न लाग्यो र छानबिन गर्दा दराजबाट सुट्केश बरामद भयो । प्रहरीले सुटकेससहित शर्माजि र कर्णदुवैलाई चौकीमा लगे र सुटकेस खोलियो । त्यो सुटकेस चरेसका पोकाहरूले टम्म भरिएको थियो । प्रहरीले दुवैलाइ हिरासतमा राखे । प्रहरीले दुवैजना विरुद्ध मुद्दा चलाउने निधो गरे र रमेश र कबिनलाइ बिना बर्दीको प्रहरी बनेर प्रहरीलाई यस्ता गिरोह समात्न मद्धत गरेकोमा धन्यवाद दिए ।


सन्देश:कुर्कमको सजाय एक न एक दिन अवस्य प्राप्त हुन्छ ।


✍️ आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!