पहिलो खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप दिइने


पहिलो खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप दिइने

माघमा पहिलो चरणमा कोरोना खोप लगाएकाहरुलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ ।

माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते, माघ १८, १९, २०, २१, र २७ गते लगाएकालाई वैशाख ८ गते र माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकालाई  वैशाख ९ गते लगाउन मिति तोकेको छ। यस्तै माघ २९ र फागुन ३,४,५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७,८,९ र १० गते लगाउनेलाई ११ गते खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ। 

मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार यो अभियान देशभर चलाइने छ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ ।

सरकारले पहिलो चरणमा चार लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।