४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप दिइँदै


लेखक : लेखापढी      ३१ चैत्र २०७७, मंगलवार १२:१३ मा प्रकाशित     
४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप दिइँदै

कोरोना भाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने भएका छन् ।

भोलिदेखि ०७८ वैशाख ५ सम्म खोप सो उमेर समूहका नागरिकलाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो ।

१८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाईसकेका छन् ।

यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत चिनियाँ भेरोसेल खोप लगाउन पाउँने छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!