डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान प्रदान गरिने


लेखक : लेखापढी      ३१ चैत्र २०७७, मंगलवार ००:३२ मा प्रकाशित     
डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान प्रदान गरिने

काठमाडौ । ३० चैत्र
राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्ने “स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान” यस वर्ष वि.स. २०७७ का लागि फोरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने भएको छ । आयोगको आज बसेको बैठकले वस्तीले शव उत्खनन लगायत मानव अधिकारका अनेकन अनुसन्धान कार्यमा दिएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गर्ने जनाएको छ ।

डा. वस्ती त्रिभुवन विश्वविद्यालय शिक्षण्ण अस्पताल, महाराजगञ्जमा लामो समय फरेन्सिक विज्ञमा रहनु भयो । उहाँले सशस्त्र द्वन्द्वकालमा घटेका घटनाको अनुसन्धानमा संलग्न रहेर मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा यो सम्मान प्रदान गर्न लागिएको हो । मानव अधिकार आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरेले डा. हरिहर वस्तीबाट आयोगले अगामी दिनमा पनि मानव अधिकारको क्षेत्रमा थप योगदानको अपेक्षा गरेको र उहाँलाई बधाई एवम् शुभकामना दिएको बताउनु भयो ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!