युएईबाट नेपाल प्रहरीले ‘रेड नोटिस’ जारि भएका ज्यान मुद्धाका फरार आरोपी पक्राउ गरे


लेखक : लेखापढी      ३१ चैत्र २०७७, मंगलवार १४:३३ मा प्रकाशित     
युएईबाट नेपाल प्रहरीले ‘रेड नोटिस’ जारि भएका ज्यान मुद्धाका फरार आरोपी पक्राउ गरे

काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले त्यहीँ गएर नेपाल ल्याएको छ।

पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका–४, तीनसल्लेका काजीमान पुरी छन् । उनलाई इन्टरपोल आवुधाबी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले यूएईबाट पक्राउ गरेको हो । उनको खोजी गर्ने क्रममा इन्टरपोल आबुधाबी युएईको समन्वय लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पुरी दुबईमा सेक्युरिटी गार्डको रुपमा काम गरिरहेका थिए।

पक्राउ परेका पुरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!