शिक्षण संस्था तत्काल बन्द नगर्न सरकारलाई सरोकारवालाहरुको सुझाव


लेखक : लेखापढी      ३० चैत्र २०७७, सोमबार १३:४५ मा प्रकाशित     
शिक्षण संस्था तत्काल बन्द नगर्न  सरकारलाई सरोकारवालाहरुको सुझाव

मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् ।

शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए ।

कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

१० वर्षमुनिका बालबालिका पनि ४ प्रतिशत संक्रमित रहेका छन् । दुई सातामा २७१ जना बालबालिका संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रले पनि विद्यालय कम्तिमा पनि तीनसाता बन्द गर्नुपर्ने सिफारिस गरेको थियो । तर सरोकारवालाले भने अहिले विद्यालय बन्द गर्नुनपर्ने बताएका छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!