चितवनमा ट्याक्टर दुर्घटनामा ५ को मृत्यु, २२ घाइते


लेखक : लेखापढी      ३० चैत्र २०७७, सोमबार ०८:०९ मा प्रकाशित     
चितवनमा ट्याक्टर दुर्घटनामा ५ को मृत्यु, २२ घाइते

चितवनको राप्तीमा गए राती ट्याक्टर दुर्घटना हुदा पाँच जानको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हाे ।

दुर्घटनामा मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना २४/२५ वर्षीय पुरूषकाे पहिचान खुल्न बाँकी छ ।

राप्ती नगरपालिका–११ को वडा कार्यालय भवन ढलान गरेर भण्डारा फर्कंदै गरेका मजदुर सवार ना१त ६२८२ नम्बरको ट्रयाक्टर चिउडेखोलामा दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट झन्डै दुई सय मिटर तल खसेको हो । पाँच जनाको मृत्यु भएको र अरूको अवस्था पनि गम्भीर रहेको रिपोर्ट छ,’ डीएसपी थापाले भने, ‘उद्धार र उपचारको क्रम जारी छ । 

ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने र घाइतेहरुको परिचय खुल्न सकेको छैन । घाइतेहरुको भरतपुर अस्पताल, कलेज अझ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!