बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन


लेखक : लेखापढी      २७ चैत्र २०७७, शुक्रबार १९:२६ मा प्रकाशित     
बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

लन्डन । डुक अफ एडिनबर्ग राजकुमार फिलिपको ९९ वर्षको उमेमा निधन भएको छ । लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिप गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना भएका थिए । 

महारानीले गहिरो दु:खका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ, बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ ।

केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

महारानी एलिजाबेथले पति फिलिपको मृत्युबारे घोषणा गरेकी हुन् । उनको विन्डसर क्यासलमा स्थानीय समयअनुसार बिहान मृत्यु भएको जनाइएको छ ।  

100% LikesVS
0% Dislikes
Spread Your Love !!!