सांसद पद खारेज भई पदमुक्त भएका भएका ४ मन्त्रीको पुनर्नियुक्तिः शपथ आजै


लेखक : लेखापढी      २७ चैत्र २०७७, शुक्रबार १४:४३ मा प्रकाशित     
सांसद पद खारेज भई पदमुक्त भएका भएका ४ मन्त्रीको पुनर्नियुक्तिः शपथ आजै

सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि लिने भएका छन् । राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

माओवादी संसदीय दलका नेता पुष्पकलम दाहालले संसद् सचिवालयलाई पत्र लेखेर यी चार सांसदले दल त्याग गरेको सूचना दिएका थिए । उक्त सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा वाचन गरेर जानकारी गरेर जानकारी दिएका थिए । सभामुखले संसद् बैठकलाई दिएको उक्त जानकारीसँगै चारैजनाको सांसद पद बिहीबार मात्रै खारेज भएको थियो । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!