प्रेम कहानी(एउटा अलग प्रेम कथा) भाग – २


प्रेम कहानी(एउटा अलग प्रेम कथा) भाग – २

बसपार्कबाट कलंकी कोठामा पुग्छन् । सोनिकाले सबै सामान कोठा भित्र राख्छिन् ।

`नुवाउने, हात मुख धुने ठाउँ कता छ?´सोनिकाले कृष्णलाई सोधिन् ।

`उ त्यहाँ बाहिर छ, हेर त´ भन्दै कृष्णले औलाले संकेट गर्छ ।

सोनिका लुगा लिएर बाथरुममा जान्छे अनि न्वाइध्वाइ गरेर लुगा फेरेर आउछिन् । अनि खाना पकाउछु भनेर ग्यास भए तिर जान्छे ।

`आज अबेर भइसक्यो बाहिरै खाउम्ला अनि घुमफिर नि गरुम्ला, तिमिलाइ काठमाडौ नि घुमाइदिन्छु´कृष्णले भन्यो ।

ल ल म अर्को लुगा लाउछु त्यसो भए, तपाई नि चेन्ज गर्नु भन्दै सोनिका फेरि बाथरुम तिर छिर्छे । अनि कृष्णले नि लुगा फेर्छ र तयार भएर बस्छ । उता बाथरुमबाट सोनिका गाउले भेस (गुन्यु चोली) लाएर निस्की ।

सहरिया बाबुसाहेब कृष्णलाई त्यो लगाइएको लुगा त्यति मन परेन र उसले भन्यो, `टिसर्ट-प्यान्ट लाउ न । ´

सोनिकाले भनी-`हामी त यस्तै लाउछौ, मन परेन होला होइन मेरो ह्यान्डसमलाइ, मन नपरे नपरोस्, जाउ हिड्नु छिटो भोक लागि सक्यो । ´

उनिहरु त्यहाबाट बाहिर निस्के र बाइकमा अलि पर गएर एउटा रेष्टुरेन्ट नीर कृष्णले बाइक रोक्यो । र दुवैजना भित्र छिरे र कृष्णले खाना अर्डर गर्यो र दुवैले खाना खाए ।

खाना खाएर दुवैजना घुम्न निस्किए । दुवै जना बाइकमा पुनः हाकिए । केही पर पुगेपछी कृष्णले फेरि  बाइक रोक्यो ।

`किन रोकेको के?´सोनिकाले सोधी ।

`यहाँ हल्का सपिङ्ग गरौ न है´कृष्णले भन्यो ।

`भयो पर्दैन, तपाइँलाई केही किन्नु छ र?´सोनिकाले भनिन् ।

`मलाइ होइन, मेरो परिलाइ केही किन्दिनु छ ।´कृष्णले भन्यो ।

`कस्तो के तपाईं, भयो पर्दैन हिड्नुस् न ।´ सोनिकाले भनिन् ।

कृष्णले धेरै जिद्दी गरेपछी, सोनिका मन्जुर भइ । दुवैजना कपडा पसलमा गए र सोनिकाको लागी कृष्णले केही सहरिया लुगा (टिसर्ट, पाइन्ट, कुर्था सुरवाल) किनिदियो र आफ्नो लागी नि केही लुगा किन्यो ।

कृष्णले सोनिकालाइ चेन्जरुममा गएर लुगा ठिक हुन्छ हुदैन भनेर लगाएर हेर्न भन्यो ।

सोनिकाले चेन्ज रुममा गएर लुगा लगाएर सोझी गाउले केटिबाट सहरिया केटि भएर बाहिर निस्किइन् ।

कृष्ण हेरेको हेर्यै भयो । अनि कृष्णले लुगाको पैसा तिर्यो र दुवै जना अब ठमेलमा रहेको `The Gardens of Dreams´ मा जाने निधो गरेर बाहिरिए ।

सोनिकालाइ लुगामा अफ्ट्यारो महसुस हुँदै थियो तर पनि कृष्णलाई नकार्न नसकेर त्यही लुगामा बाइकमा बसि र कृष्णले बाइक ठमेल तिर मोध्यो ।

कृष्ण र सोनिका `The Gardens of Dreams´ मा पुगे र त्यतिखेर दिउसोको दुई बजिसकेको थियो । उनिहरु गार्डेन घुमे, संगै बसे, अलि अलि हेरा हेर गरे, माया पिरतीका कुरा पनि हल्का फुल्का गरे ।

दिनको चार बजे उनिहरु त्यहाँबाट बाहिरिए र कोठा तर्फ लागे ।

कोठामा पुगेपछी एकछिन आराम गरे र कृष्णले जिस्काउदै सोध्यो, `तिम्रो फुलमाला होइन आज त?´
`हुन त हो , तर के गर्नु हजुरको मायाले त्यो फुलमाला सम्म बस्नै सकिन । अब त हजुरसंगै गर्ने हो फुलमालापनि बिहे पनि । ´ यति भन्दै सोनिकाले कृष्णलाई कसिलो अङ्गालोमा बाधी र `आइ लभ यु बेबि´ भनि ।

पहिलो चोटि आफुले मनपराएको मान्छेले प्रपोज गर्दा भनुम् या यसरी आइ लभ यु भन्दा कृष्ण साह्रै खुसी भयो र सोनिकालाइ आइ लभ यु तु भन्दै गाला चुम्बन गर्यो । रोमान्टिक मुडमा आइसकेको कृष्णले गालामा हुँदै ओठमा चुम्बन गर्न खोज्दै थियो, अचानक सोनिका उठि र भनी, `अहिले लाई यतिमै ब्रेक लगाउ ल ह्यान्डसम, बाकी खाना पकाउने अनि खाना खाने ब्रेक पछि । ´

कृष्ण खिटिटिटि हास्यो र किचेनमा सोनिकालाइ खाना पकाउन सहयोग गर्यो । खाना पकाएर दुवैले खाना खाए, सोनिकाले भाडा माझी । अनि सोनिकाको मोबाइलमा फोनको घण्टी बज्यो । उसको भाउजू अर्थात कृष्णको फुपुको फोन आएको रैछ । उसले कृष्णसंग भएको कुरा बताइ र फुलमाला चाडै गरेर मात्र त्यता आउने भनी र यो कुरा गोप्य नै राख्न समेत अनुरोध  गरि ।

भाउजू अर्थात कृष्णको फुपुले कृष्णसंग नि कुराकानी गर्नु भयो र चाडै फुलमाला गरेर आउन पनि भन्नुभयो । फोन राखेपछी सबै काम सकाएर दुवै सुत्ने तर्खरमा लागे तर बिडम्बना कोठामा एउटा मात्र खाट थियो । अब के गर्ने कृष्ण अल्लमल्लमा पर्यो । कृष्णले आफू भुइमा सुत्ने र सोनिकालाइ खातमा सुत्न भन्यो । चिसो मौसम भएकाले कृष्णलाई भुइमा नसुत्न सोनिकाले आग्रह गरि ।

अब के गर्ने भनेर सोच्दा सोच्दै, सोनिकाले भनी, `हामि दुवैको मन सफा छ, बिहे अगाडी केही अनैतिक मानिने हर्कत नगर्ने श्री पशुपतिनाथलाई सम्झेर कसम खाऔ, अनि सिरानीलाई बिहा अघिको हाम्रो सिमाना मानी एउटै खाटमा सुतौ । ´

कृष्णलाई सोनिकाको कुरा मनासिफ लाग्यो । दुवैले श्री पशुपतिनाथलाइ सम्झेर कसम पनि खाए । खाट ठूलो थियो । खाटको भित्तापट्टी सोनिका सुतिन् र सोनिकाको बिचमा दुइटा सिराने सिमानाको रुपमा राखियो र कृष्ण छेउमा सुत्ने निधो गर्यो ।

भित्तामा बत्तिको स्विच थियो । स्विच निभाउनै लाग्दा कृष्णले भन्यो, `अघि ब्रेक पछि गर्ने भन्या चिज खोइ त?´

`फटाहा मान्छे ।´भन्दै कृष्णको छेउमा आएर सोनिकाले उसको गालामा चुम्बन गरिन् र दुवैले प्रेमिल मुडमा ओठमा पनि चुम्बन गरे । केही मिनेटको चुम्बन सकिएपछी अब सुत्ने भनेर दुवै जनाले एक अर्कालाइ गुड नाइट भने र सुते । दुवै जना दिन भरीको क्रियाकलाप सम्झिदा सम्झिदै निदाए ।

भोलिपल्ट सोनिका बिहान सबेरै उठि । कोठामा झाडु लगाइ । चिया पकाइ । अनि कृष्णलाई उठाएर चिया पिलाइ । त्यसपछी खाना पकाएर खाना खाएपछी फेरि कृष्ण र सोनिका घुम्न निस्किए ।

सधै यस्तै दैनिकी चल्दै गयो । सोनिका काठमाडौ आएको पनि पन्ध्र दिन बढी भइसकेको थियो । कृष्णले सोनिकालाई काठमाडौंमा घुम्नलायकका सबै ठाऊँहरु घुमायो । हरेक दिन उनीहरु कतै न कतै घुम्न गए । पशुपति, बौद्ध, बसन्तपूर, भक्तपुर, पाटन, दक्षिणकाली, धुलिखेल आदि इत्यादि । धरहरा चढायो । काठमाडौको भृकुटीमण्डपमा रहेको फनपार्कमा लगेर रोटेपिंग पनि खेलायो । न्यूरोडको गुदपाक पनि खुवायो । बानेश्वरको म.म र बसन्तपुरको लस्सी पनि खुवायो । पन्ध्रबाट बिसदिन पनि बित्यो । सोनिकाको न त फर्किने कुरै थियो, न त फुपुलाइ भने अनुसार फुलमाला गर्ने नै कुरा थियो । उनी मस्त थिईन् , घुमफिर र रमाईलोमै । केही कुराको वास्ता र चिन्ता थिएन ।

हिजोको त्यो बाइकमा टासिएर बस्न समेत लजाउने सोनिकाले आज मान्छेहरुको भीडभाडमा  कृष्णको पाखुरा चपक्क समाउँथिन् । खुलमखुल्ला यस्तो क्रियाकलापले कृष्णलाई अलि असहज महशुस हुन्थ्यो ।

‘हातै त नसमाऊन, चिन्ने मान्छेहरु कोही भेट्यो भने?’, भन्दै कृष्ण  हात छुटाउन प्रयास गर्थ्यो, सोनिकाले छोड्दिनथी ।

‘भीडभाडमा हराउलीस्, मेरो भाइको हात नछोड्नु नि भन्नु भाको छ भाउजुले । ‘ सोनिका खितिति हाँस्थी ।

कुरै कुरामा उनीहरु यति नजिकिसकेका थिए कि सोनिका कृष्णको कपाल तान्ने, प्याट्ट हान्ने जस्ता हर्कत गर्थिन् । सिंढी उक्लिदा कृष्णले हात दिनु पर्थ्यो । कहिले के, कहिले के सोनिका काम लगाएर कृष्णलाई आफू तिर तानिरन्थी । एक प्रकारले भन्ने हो भने कृष्ण र सोनिका र कृष्ण त श्रीमान् र श्रीमतिकै जस्तो व्यवहार गर्न थालिसकेका थिए ।

एकदिनको कुरा हो, सोनिका बिहानै उठेर न्वाइध्वाइ गरि अनि कृष्णलाई पनि उठाइ र नुहाउन पठाइ । अनि  कृष्णले न्वाएर निस्केपछी, सोनिकाले सुट प्यान्ट लाउन भनि र आफूले रातो सारी लगाइन् ।

`कहाँ जाने हो र?´ कृष्णले सोनिकालाइ सोध्यो ।
`दक्षिणकाली जाने ।´ भनेर सोनिकाले भनी ।
`किन यति खेर? दिउँसो जाउला नि हुदैन?´कृष्णले प्रतिप्रश्न गर्यो ।
`त्यहाँ भाकल पूजा गर्नुछ । खालीपेटमा पुजा गर्दा राम्रो हुन्छ रे, त्यसैले आज त्यहाँ जाउ न हुन्न?´सोनिकाले उल्टै प्रश्न सोधी ।

`हुन्छ, ल हिड जाउ ।´ भन्दै कृष्ण सुट प्यान्टमा र सोनिका सारीमा  सजिएर बेहुला बेहुली जस्तै भएर निस्किए ।

बाइकमा बसे र रफ्तारमा दक्षिणकाली तर्फ लागे ।

केही क्षणमै दक्षिणकाली पुगे । मन्दिरको ढोकानिर पुगेर कृष्णले बाइक रोक्यो ।

‘तँपाई भित्र जाँदै गर्नूस्, म पूजा सामाग्री किनमले गरेर आउछु । ‘ सोनिकाले भनिन् ।

कृष्ण भित्र गयो । एकछिन पछि  सोनिका पनि भित्र आईन् । उनी एक्लै आइनन् साथमा एउटा पण्डित पनि आए । कृष्णले सोच्यो, सायद भाकल पूजाको लागि होला । पण्डितले दुवैलाई सँगै उभ्यायो र के के मन्त्र उचारण गर्न थाल्यो । संस्कृतको मन्त्र उसले बुझ्ने कुरै भएन । पण्डितले पोकाबाट दुईवटा माला निकालेर एउटा सोनिकालाई दियो र अर्को कृष्णलाई । कृष्ण अचम्म मा पर्यो ।

`के हो यो सब?´ भनेर मनमनै सोच्न थाल्यो ।

सोनिकाले कृष्णको गलामा माला लगाई दिई । कृष्णको हात समातेर तानी र उसको हातको माला पनि जबर्जस्ति आफ्नै घाँटीमा लगाइ । वरिपरी हेर्ने मान्छेहरुको भिड लाग्यो ।

त्यसपछि सोनिकाले पर्सबाट दुईवटा औंठी निकाली र एउटा कृष्णलाई लगाई दिई अनि अर्को औंठी कृष्णलाई दिई र आफ्नो देब्रे हातको साँइली औंला तेस्र्याई । कृष्ण अलमलमा पर्‍यो । उ केही भन्न खोज्दैथियो, सोनिकाले जबर्जस्ति कृष्णको हातै समेत तानेर औंठी आफैं घुसारी ।  मन्दीर भीडको तालीले गुञ्जियो । सबैकुरा यति छिटो–छिटो भईरहेको थियो कि कृष्णले न केही सोच्नै भ्यायो न केही बोल्नै । उ एकाग्र भएर उभिरह्यो ।

यतिकैमा पण्डितले फुलमाला सु-सम्पन्न भएको घोषणा गर्दै चाडै राम्रो साइत हेरेर विवाह गर्न भनि आशीर्वाद दिए । सोनिकाको सर्प्राइज देखेर कृष्ण खुसी भयाे । अनि उनिहरु अब त्यहिको होटेलमा गएर खाना खाए । खाना खाएर दुवैजना कोठा तर्फ लागे ।

कोठामा पुगेपछी दुवैजना गफगाफ गर्न लागे । यतिकैमा सोनिकाले भनी, `काठमाडौ आएको नि धेरै समय भयो, फुलमाला नि सकियो, अब भोलि नै गाउँ जाउ अनि बुवा आमासंग बिहेको कुरा गरौ । ´

अहिले नै हाम्रो बिवाह कसरी हुनसक्छ?’ कृष्णले सोध्यो ।

‘के तँपाई मलाई माया गर्नु हुन्न? गर्नुहुन्न भने ठिकै छ, नगर्नुस् बिहे मसंग । ‘ सोनिकाको स्वर मलिनो भयो, ‘म फर्किन्छु र जोसंग मेरो बिहे छिनिएको छ, उसैसँग बिवाह गर्छु । ‘सोनिकाले भनी ।

‘त्यस्तो होइन नि प्यारी, म तिमीलाई माया गर्छु । तर के यति हतार गर्न जरुरत छ र विवाह गर्नको लागी?´कृष्णले भन्यो ।

`मेरो अर्कै केटासँग विवाहको कुरा छिनिसकेको छ, तँपाईलाई थाहा छँदैंछ । त्यो विवाह तोड्ने अरु कुनै तरीका नि छैन नि, कि छ? तँपाई मलाई मन पराउनुहुन्छ । माया पनि गर्नु हुन्छ, त्यो भन्दा बढी केही गर्न सक्नु हुन्न । तपाईको भर परीरहेँ भने त म अर्कैको घरको बेहुली हुन पुग्नेछु । यत्रो दिन भयो म आएको खोइ केही पहल कदमि नै चाल्नु भएन । फुलमाला सम्म मैले नै गराउनु पर्यो ।´ सोनिकाले भनी ।

`अहिले त मेरो भर्खर पढाइ सकिएको छ । नोकरी पनि छैन । तिमिलाइ कसरी पाल्नु मैले विवाह गरेर?’ कृष्णले सोध्यो ।

‘कानुन संकायमा व्याचलर गर्नु भएको छ, एउटा जागीर त जसरी पनि पाउनुहुन्छ । म पनि निरक्षर त होईन, केही न केही त गरिहाल्छु नि । ‘सोनिकाले भनी ।

जिद्दी सोनिकाको अगाडि कृष्णको केही लागेन ।

`दुई दिन पछि मेरो अन्तिम परिक्षाको नतिजा आउदै छ, नतिजा आउन देउ, अनि हामी विवाहको कुरा गर्न गाउँ जाउला । ´कृष्णले भन्यो ।

सोनिकाले खुसी हुँदै कृष्णको यो प्रस्तावलाई स्विकारी । दुई दिन पछि नतिजा पनि आयो । कृष्णले ७८ प्रतिशत अंक ल्याएर स्नातक तह उतिर्ण गर्यो ।

नतिजा आएको दिन, कृष्ण र सोनिकाले मिठा मिठा खानेकुरा खाएर, गफ गरेर अनि रमाइलो गरेर बिताए । साझमा  कृष्ण र सोनिकाले भोलि पहिला कृष्णको गाउँ नवलपरासी जाने अनि त्यसपछि कृष्णको फुपुको घर स्याङ्जा जाने अनि फुपुलाइ संगै लिएर सोनिकाको घर जाने योजना बनाए । योजना बनाएपछी खाना पकाए अनि खाना खाए र भोलि चाडै निस्किनु पर्ने हुन्छ भनेर दुवै जना सुते ।

हिजो बनाएको योजना अनुसार  कृष्ण र सोनिका बिहानको ६ बजे उठे । न्वाइध्वाइ गरे र कृष्णको गाउँ नवलपरासी तर्फ लागे । उनिहरु बाइको लगभग आठ नौ घण्टाको यात्रापछि नवलपरासी पुगे र घर तर्फ लागे । घरमा पुग्दा, बाहिर पिढीमा कृष्णको दाजु र आमा बसिरहनु भएको रहेछ भने कृष्णको भाउजू धारोमा लुगा धुदै हुनुहुदो रैछ ।

घर पुग्ने बित्तिकै कृष्णले आमा र दाजुलाई ढोगभेट गर्यो र सोनिकाले पनि नमस्कार गरिन् ।

`अनि यो नानी चाहिँ को हुन् नि?´दाजुले सोध्नुभयो ।

`उनी चाहिँ सोनिका, हाम्री स्याङ्जालि फुपूकि नन्द, मेरी प्यारी साथी ।´ कृष्णले जवाफ फर्कायो ।

`साथी मात्र कि अरु पनि हो, कान्छा?´आमाले सोधीहाल्नुभयो ।

`सबै कुरा यहि बेलिबिस्तार लाउनु पर्ने हो र आमा, छोरा अनि उसकी साथीलाई भित्र पनि लग्नु हुन्न कि के हो?´कृष्णले उल्टै प्रतिप्रश्न गर्यो ।

कृष्णको यस्तो कुरा सुनेर आमाले आँखा तर्नुभयो र हिड् भित्र भनेर भित्र लानु भयो ।

भित्र पुगेपछी भाउजू लुगा धोइसकेर आउनु भयो ।

`बाबू सन्चै हुनुहुन्छ नि?´भाउजुले सोध्नुभयो ।

`सन्चै छु भाउजू, हजुर कस्तो हुनुहुन्छ?´कृष्णले सोध्यो ।

`म नि सन्चै छु, ल तपाईंहरु गफ गर्दै गर्नुस्, म चिया लिएर आउछु है´भन्दै भाउजू भान्सा तिर लाग्नु भयो ।

भाउजू भान्सा तिर लागेपछी कृष्णले सोनिकासंगको सम्बन्धको बारेमा खुलस्त दाजु र आमालाई भन्यो र चाडै विवाह गर्दिन पनि अनुरोध गर्यो ।

`केटि हेर्दा त ठिकै छे, सिलस्वभाव कस्तो छ कुन्नी?´आमाले सोध्नुभयो ।

हत्त न पत्त कृष्णले जवाफ फर्काइ हाल्यो, `तपाइँले खोजे जस्तै शिलस्वभावले भरिपूर्ण, असल अनि ज्ञानि छे, मैले रोजेको तपाइँको बुहारी । ´

सोनिका लाजले भुतुक्कै भइ ।

`यदि यिनिहरु  एक अर्कालाई मनपराउछन् र विवाह गर्न चाहन्छ्न् भने हामि भोलि पर्सि तिर नानीको घर जाउम्ला नि त हात माग्न, हुन्न आमा?´

`भइहाल्छ नि जेठा ।´आमाले भन्नुभयो ।

`होइन आमा, पहिला हामी भोलि फुपुको मा जान्छौ अनि उतैबाट उसको घर नि जान्छौ अनि त्यसपछी तपाइँहरु जानुहोला, हुदैन र?´कृष्णले सोध्यो ।

`हुन्छ, त्यसो गर्दा नि, अनि घर आको छोरो, भोलि नै गइहाल्छस् भन्या, कस्तो निस्ठुरी के?´आमाले निराश हुँदै भन्नुभयो ।

`त्यस्तो होइन नि आमा विवाह पछि त संगै बसिहाल्छौ नि हामी सबै, त्यतिन्जेल मात्र त हो । ´कृष्णले भन्यो ।

`ल ल के हो तेरो कुरा नि , बुझेर बुझी सक्दिन म, लाठे भइसकिस् अब बुद्धि र बिबेकले काम गर्नु, अरु त म के भनुं । ´आमाले भन्नुभयो ।

यत्तिकैमा भाउजुले पनि चिया लिएर आउनु भयो । सबैजनाले चिया खादै पुन गफ गर्न थाल्नुभयो । साझको खाना बनाउन भाउजू जानू भयो र भाउजूलाइ सघाउन सोनिका पनि गइ ।

त्यतिकै खानपिन गरि सबैजना सुते । बिहान सबेरै उठेर आमासंग बिदा मागी कृष्ण र सोनिका फुपुको घर स्याङ्जा तिर हुइकिए ।

दिनको दुई  बजे तिर कृष्ण र सोनिका फुपुको घर पुगे । सोनिकाले उसको दाइ भाउजुलाइ प्रणाम गरि र मैले पनि  मेरो फुफ फुपाजुलाई नमस्कार गरे । त्यहाँबाट सोनिकाको घर दुई तीन घण्टामै पुगिने भएकाले हामी त्यहाँबाट चिया खाएर फुपुलाइ साथमा लिएर सोनिकाको घर तर्फ लाग्यौ ।

बाटोमा सोनिका र उसको भाउजू अर्थात मेरो फुपुको खुब गफ चल्दै थियो अनि म भने बाइक चलाइरहेको थिए । साझ ६ बजे सोनिकाको घर पुगियो । सोनिकाको बुबा र आमासंग ढोगभेट गरें ।

`उहाँ नै हो, हाम्रो हुनेवाला ज्वाइँ?´सोनिकाको आमाले कृष्णको फुपुलाइ सोध्नुभयो ।

`हो नि, मेरो भदा भाइ हो, असल छ, जाड रक्सी चुरोट  खादैन, राम्रो पढ्छ, कानुनमा भर्खरै स्नातक सकायो । ´फुपुले जवाफ फर्काउनु भयो ।

यसो बुझ्दा कृष्णको फुपुले सोनिकाको आमालाई कृष्ण र सोनिकाको बारेमा सबै भनिसक्नु भएको रहेछ । सोनिकाको बुबा आमा संग कृष्ण र सोनिकाको कुराकानी भयो र सोनिकाको बिहे गर्दिन राजी हुनुभयो । `चाडै बुबा आमा लिएर आउनु, अनि साइत हेरेर विवाह गर्दिउम्ला । ´सोनिकाको आमाले कृष्णलाई भन्नुभयो ।

गफ गाफ पछि आमाले खाना पकाउनु भयो र साँझ धेरै छिपीसकेकोले सबैजनाले खाना खाएर सुत्ने तर्खर गरे ।

सबैजना सुते अनि मस्त निदाए ।

भोलीपल्ट बिहानै कृष्णले फोन गरेर आफ्नो आमा बुवा र दाजुलाइ फुपुको घरमा बोलायो र फुपाजुसंग सोनिकाको घर आउनु भन्यो ।

कृष्णले भने अनुसार कृष्णको परिवार सोनिकाको घर आउने निधो गरे । दिउँसोतिर उनिहरु कृष्णको फुपुको घर आइपुगे र फुपाजुसंग सोनिकाको घर तिर लागे ।

सोनिकाको घर पुगेर कृष्णको परिवारले सोनिकाको बुवाआमा संग ढोगभेट गरे । ढोगभेट पछि विवाहको बारेमा छलफल भयो र विवाह यथाशीघ्र गर्ने निर्णय भयो ।

पण्डितसंग बुझेर विवाहको मिति तय गरेर खवर गर्ने निर्णय सोनिकाको परिवारले गरे ।

यति कुराकानी भएपछि कृष्णको फुपु र कृष्णको परिवार आफ्नो आफ्नो घर फर्किए । कृष्णले पनि सोनिकालाइ आफ्नै घरमा छोडेर, उ आफ्नै घर तिर लाग्यो ।

कुराकानी भएको चारदिन पछि सोनिकाको घरबाट बिहेको साइत बीस गते राम्रो भएको र त्यही दिन बिहे गराउने तयारी गर्नु भन्ने कुरा आयो ।

`आज सोह्र गते, चार दिन पछि बिहे छ रे, तयारी गर्न भ्याइएला र?´कृष्णको आमाले जेठो छोरोलाइ सोध्नुभयो ।

`भ्याइहालिन्छ नि आमा, चिन्ता नगर्नुस् न । ´दाजुले भन्नुभयो ।

यता कृष्ण र सोनिका भने एक अर्काको मायामा तड्पिरहेका छन् ।

`न भेटेको पनि दुई दिन भएछ, अझै चार दिन यसरी नै तड्पिनु पर्ने होला । ´कृष्णले मनमनै सोच्यो ।

यतिकैमा म्यासेन्जरमा सोनिकाको फोन आएछ । कृष्ण र सोनिकाले म्यासेन्जरमा घण्टौ कुराकानी गरे । उनिहरुको तीन दिन म्यासेन्जरमा कुराकानी, भिडियो कल आदि इत्यादी गरेर नै बित्यो ।

चौथो दिन, विवाहको दिन अर्थात यो प्रेम कहानीले सार्थकता पाउने दिन ।

बिहानै सबेरै उठेर नित्यकर्म गरि विवाहको तयारीमा सबैजना लागे । दिउँसोको एघार बजे तिर कृष्ण र उसको परिवारले जन्ती लिएर सोनिकाको घरमा विवाह गर्न गए । लगभग बेलुका चार बजे कृष्ण अनि  जन्ती सहितको टोलि सोनिकाको घर पुगे । विवाहको मण्डपमा बेहुला बेहुली बसे । पण्डितले मन्त्र उच्चारण गर्न थाले । केही छिनपछी माइती पक्षलाइ उता फर्किन अनुरोध गर्दै, पण्डितले एउटा सानो डिब्बा खोल्यो, त्यसमा सिन्दुर थियो । पण्डितले डिब्बा कृष्णको अगाडी सार्‍यो र भन्यो; ‘ल दुलहीको सिंउदोमा सिन्दूर हाल्नूस् । ‘

कृष्णले पण्डितले भने अनुसार सोनिकाको सिउँदो सिंदूरले रंगायो । सोनिकाको आँखाबाट आँशू बरर्र झरे ।

कृष्णले सोनिकालाई मण्डपमै अँगालोमा लियो । बिहे घर तालीले गुञ्जियो । विवाह पछि कृष्ण र सोनिकाको यो प्रेम कहानीले सार्थकता पायो । आज उनिहरु हासीखुसी जीवन बिताउदै  छन् ।

समाप्त!!


✍️ आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।


प्रेम कहानी(एउटा अलग प्रेम कथा) :- भाग १