सत्ता साझेदारीका सवालमा जसपामा दुई विचार


सत्ता साझेदारीका सवालमा जसपामा दुई विचार

काठमाडौं । २७ चैत ।
सरकार गठनका सवालमा निर्णायक मानिएको जनता समाजवादी पार्टीमा दुई फरक विचार देखा परेका छन् । सत्ता साझेदारीका लागि कुन पक्षलाई समर्थन गर्ने विषयमा नेताहरू बिच फरक फरक धारणा सार्वजनिक भएको छ। जसपाका नेताहरू पार्टी एकिकरण अघिकै दलमा विभाजित भएर आन्तरिक छलफलमा जुटेका छ । पछिल्लो समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन भने राजनीतिक स्वार्थका कारण पहिलोको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीकै हिसाबले छलफल चलिरहेको छ । पार्टीको बैठक चैत ५ गते बोलाइएको भएपनि उक्त बैठक स्थगित भएको थियो । त्यस दिन बसेको बैठकमा सत्तामा सहभागिता र समर्थनका सवालमा अलगअलग विचार आएपछि कुरा मिल्न नसकेर बैठक स्थगित भएको थियो ।

जसपा नेपालमा मूलतः दुई धार स्पष्ट देखिएका छन् । पार्टीमा सत्ता साझेदारीका लागि नेकपा (एमाले) लाई रोज्ने वा कांग्रेस–माओवादीलाई रोज्ने सम्बन्धमा मतभेद उत्पन्न भएको छ । उपेन्द्र यादव, डा. बाबुराम भट्टराईको पक्ष कांग्रेस–माओवादीसँग सहकार्यको पक्षमा रहेका छन्् भने महन्थ ठाकुर, राजेन्द्र् महतो नेकपा (एमाले) सँग सहकार्य गर्ने पक्षमा छन् ।

यसैबिच आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आयोजना गरेको तीन दलीय बैठकमा जसपाको पनि सहभागिता रहेको छ । आन्तरिक छलफल नभएको अवस्थामा जसपा नेपालले कस्तो निर्णय गर्छ, हेर्न बाँकी छ ।सत्ता साझेदारीमा देखिएको आन्तरिक विवादको अन्त्य नहुने हो भने जसपा पार्टी एकतापूर्वको अवस्थामा फर्कने सम्भावना बढ््दै गएको छ । नेपालमा नेताहरूको सत्ता स्वार्थका कारण राजनीतिक संगठन फुटदै र जुटदै आएको इतिहास छ ।
फोटो साभार ः रातोपाटी