बादललाई पनि कारवाही


[ss_social_share]
लेखक : लेखापढी      २७ चैत्र २०७७, शुक्रबार १४:२३ मा प्रकाशित     
बादललाई पनि कारवाही

काठमाडौ. । २७ चैत ।
नेकपा (माओवादी केन्द्र) ले पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रामबहादुर थापा बादललाई कारवाही गरेको छ । पछिल्ला समयमा बादल आफ्नो पूर्व पार्टी छोडेर नेकपा (एमाले) मा आबद्ध भएर गृहमन्त्रीको जिम्मेवारी वहन गरिहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका नेता दिनानाथ शर्माले बादलले दल त्याग गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको बताए । त्यस्तै माओवादी केन्द्रले नेकपा (एमाले) मा गएका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खडकालाई पनि २४ घण्टे स्पष्टिकरण सोधेर कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

यस अघि नेकपा (एमाले) मा गएका आफना नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पनि माओवादी केन्द्रले कारवाही गरिसकेको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •