पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुम्भमेलामा दरबार र नेपाली झण्डा टाँगिएको रथारोहण सहित शाहीस्नान गराउने


लेखक : लेखापढी      २७ चैत्र २०७७, शुक्रबार २३:४५ मा प्रकाशित     
पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुम्भमेलामा दरबार र नेपाली झण्डा टाँगिएको रथारोहण सहित शाहीस्नान गराउने

नयाँदिल्ली– भारत सरकारको निम्तो स्विकार गर्दै हरिद्धारमा १२ वर्षपछि लागेको कुम्भमेलामा सहभागी हुन नेपालबाट यहाँ आएका पूर्वराजा ज्ञानेन्द्र शाह रथारोहणसहित शाहीस्नान गर्दैछन्। पूर्वरानी कोमल शाहसहित उनी बिहीबार बिहान राजधानी नयाँदिल्ली आइपुगेका थिए।

पूर्वराजा शाह शनिबार हरिद्धार पुग्दैछन्। यसका लागि भारत सरकारले सुरक्षाव्यवस्था चुस्त बनाएको छ। उनलाई हरिद्धारका मुख्यमन्त्री तिर्थसिंह रावतले स्वागत गर्ने कार्यक्रम रहेको छ। उनलाई रथमा राखेर स्नान गर्ने ठाउँसम्म पुर्याउने कार्यक्रम रहेको आयोजक कमिटीका एक सदस्यले जानकारी गराए।
पूर्वराजाको शाहीस्नानको कार्यक्रम सोमबार रहेको छ। रथका पछाडि दरबारको रातो झण्डा तथा नेपाली झण्डा राखिनेछ। पूर्वराजाको स्वागतमा केदारनाथका पीठाधीस, साधु तथा सन्त पनि शाहीस्नान हुने ठाउँमा उपस्थित हुने बताइएको छ।
-बिएल नेपाली सेवा
80% LikesVS
20% Dislikes
Spread Your Love !!!