चार मन्त्री पुनः नियुक्त, सपथ ग्रहण सम्पन्न


लेखक : लेखापढी      २७ चैत्र २०७७, शुक्रबार १८:५५ मा प्रकाशित     
चार मन्त्री पुनः नियुक्त, सपथ ग्रहण सम्पन्न

काठमाडौं । चैत २७
नेकपा (माओवादी केन्द्र) को कारवाहीपछि सांसद पद गुमाएका चार मन्त्रीलाई सरकारले पुनः मन्त्री पदमा नियुक्त गरेको छ । चारै जना पुनः नियुक्त मन्त्रीलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकास मन्त्रीमा प्रभु साह र श्रम, रोजगार तथा सुरक्षा मन्त्रीमा गौरीशंकर चौधरीलाई सिफारिस गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थिति रहेको थियो । पुनः नियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । यसरी चार निर्वाचन क्षेत्रमा ६ महिनामा उपनिर्वाचन गराउनु पर्ने देखिन्छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!