जनमोर्चामा अध्यक्षमा केसीको निरन्तरता, महासचिवमा भट्ट


[ss_social_share]
लेखक : लेखापढी      २६ चैत्र २०७७, बिहीबार २२:१६ मा प्रकाशित     
जनमोर्चामा अध्यक्षमा केसीको निरन्तरता, महासचिवमा भट्ट

२६ चैत । रुपन्देही
राष्ट्रिय जनमोर्चाको चैत २४ देखि बुटवलमा प्रारम्भ भएको चौथो राष्ट्रिय सम्मेलनले चित्रबहादुर केसीलाई अगामी पाँच वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ । उनी विगत २५ वर्षदेखि सो पदमा रहेका छन् ।

सम्मेलनले ३७ पूर्ण सदस्य र १० वैकल्पिक सदस्य गरेर ४७ जनाको नेतृत्व चयन गरेको छ । यसरी नै कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा दुर्गा पौडेल र जनकराज शर्मालाई निर्वाचित गरेको छ । महासचिवमा सुदूरपश्चिमका मनोज भट्ट निर्वाचित भएका छन् भने सचिवमा हिमलाल पुरी एवम् कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरुमा क्रमशः शंकर बराल, कृष्ण थापा, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, कमला जिसी, राजेन्द्र ढुङ्गाना, लालबहादुर थापा, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोखरेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिलबहादुर दर्जी, देवी शर्मा, भागरथी भट्टराई, दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवी शर्मा, रामकुमार क्षेत्री र कल्याणी श्रेष्ठ निर्वाचित भएका छन् ।

यसरी नै वैकल्पिक केन्द्रीय सदस्यमा क्रमशः गिरीप्र्साद बुढा, गौरीश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदयनारायण चौधरी, सुवर्णविक्रम थापालाई चयन गरेको छ । त्यस्तै सम्मेलनले बद्रै आलम, अमर थापा, लोकेन्द्र लम्साल, काजिलाल वाईबा, दधिराम आचार्य, सागर केसी, देवजंग शाही, मोहनमणि ढकाल, मोमिना खातुन, रामबहादुर फुँयाल, बेदिलाल सापकोटा र खडक रानालाई सल्लाहकार समितिमा चयन गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •