जनजीवन ठप्प हुनसक्छ, घरको खाना र बेसार पानी खान आग्रह: प्रधानमन्त्री ओली


[ss_social_share]
लेखक : लेखापढी      २६ चैत्र २०७७, बिहीबार १६:३८ मा प्रकाशित     
जनजीवन ठप्प हुनसक्छ, घरको खाना र बेसार पानी खान आग्रह: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ाेलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए ।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । “हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ,” उनले भने ।

उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे ।

अर्काे प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको दाबी गरे । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •