राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


लेखक : लेखापढी      २५ चैत्र २०७७, बुधबार २१:१२ मा प्रकाशित     
राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई सबै जिल्ला प्रशासन कार्यालयले संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत बन्द गर्न भनेको हो।

त्यस्तै, मन्त्रालयले ठूला सहरमा ५ सय भन्दा बढी  र साना सहरमा १ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न समेत भनेको छ। घरबाहिर जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न भनिएको छ।

त्यसैगरी संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले शैक्षिक संस्थाहरुमा पनि संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब , धार्मिक स्थलहरुमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!