लगाउन थालियो चीनबाट ल्याइएको खोप


लगाउन थालियो चीनबाट ल्याइएको खोप

चीन सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ ।

आजबाट उपत्यकामा सिभिल अस्पताल टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुवेर्दीक शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा दिन थालिएको छ ।

सो खोप चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनको सीमा क्षेत्रमा कार्यतर ट्रक चालक, सीमा क्षेत्रका व्यापारी र केही छुटेका निजामती कर्मचारीलाई दिइने बताइएको छ ।

उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी नि:शुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने मन्त्रालयले जनाएको छ ।

तस्विरः गाेरखापत्र