प्रकाश पैंतोलाकाे गजल


[ss_social_share]
लेखक : लेखापढी      २५ चैत्र २०७७, बुधबार १६:०८ मा प्रकाशित     
प्रकाश पैंतोलाकाे गजल
कस्तो विरुवा उम्रिन्छ होला झगडाको बीउ आँगनमा छ,
देशको हालत नसोध साथी सरकार समेत आन्दोलनमा छ।
 
एक ढिंडी खुर्सानीको लागि छिमेकीको ग्राहक बन्या छु,
नातिनी टिकटकमा  वुहारी फेसनमा छोरो व्यसनमा छ।
 
भ्रष्टाचार छ बलात्कार हिंसा दण्डहीनता  मौलाएको,
समृद्धि सूचक यहाँ ऋणमा तर वेथिती सूचक धनमा छ।
 
कर्णालीमा तुइन उस्तै छ कागजमा त रेल आइसक्यो,
उत्पादन छैन मितव्ययिता छैन अर्थतन्त्र दोहनमा छ।
 
समृद्ध नेपाल सुखी नेपाली त फगत एक नारा मात्र न हो,
गिज्याउछ एक्काइसौं शदीले राउटेको छाप्रो वनमा छ।


✍️ प्रकाश पैंतोला
100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •