सरकारद्वारा जनस्वास्थ्य मापदण्डमा कडाई


लेखक : लेखापढी      २५ चैत्र २०७७, बुधबार १८:५८ मा प्रकाशित     
सरकारद्वारा जनस्वास्थ्य मापदण्डमा कडाई

२५ चैत । काठमाडौं
नेपालमा कोरोनाको बेलायती भेरिएन्ट  फैलिएसँगै सरकारले स्वास्थ्यका सवालमा कडाइको निर्देशन दिएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले मापदण्डमा कडाइ गर्न भनेको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं, पोखरा लगायतका ठुला सहरमा विद्यालयमा संक्रमण बढेकोले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले सार्वजनिक यातायातमा भीड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा कडाई गर्न निर्देशन दिएको छ ।

विदेशबाट फर्केका नागरिकको घरमै क्वारेन्टाइनमा रहेकोको अनुगमन गर्न स्थानिय तह र प्रशासनलाई निर्देशन दिइएको छ । मन्त्रालयले कन्ट््याक्ट ट्रेसिङ, एन्टीजेन र पिसिआर परीक्षणको दायरा बनाउन स्वास्थ कार्यालयलाई निर्देशन दिएको छ ।

यसरी नै सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्ने, रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिइएको छ । ठुला सहरमा ५०० मानिस र साना सहरमा १०० भन्दा बढी मानिस सक्रिय संक्रमित भएमा आवागमनमा कडाइ गर्न भनिएको छ ।

नेपालमा संक्रमणको बढी जोखिम हुने स्थानमा आलोापालो रुपमा एन्टीजेन परीक्षण बढाउन स्थानिय तहलाई मन्त्रालयले निर्देशन दिएको छ । छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा बेलायती र ब्राजिलियन भेरियन्ट भेटिएको र संक्रमण फैलिएपछि नेपाल उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!