आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदै


लेखक : लेखापढी      २५ चैत्र २०७७, बुधबार १०:१८ मा प्रकाशित     
आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदै

२५ चैत्र । काठमाडौं

नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदैछ । अगामी तीन वर्षे कार्यकालका लागि कार्यसमितिको निर्वाचन हुँदैछ । महासंघको सात दशक लामो इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेतृत्व चयन हुन लागेको छ ।

आज दिनभर नै बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन हुनेछ । यस निर्वाचनमा देशभरका १३ हजारभन्दा बढी पत्रकारले मतदान गर्न पाउनेछन् । आजै केन्द्र, प्रदेश, प्रतिष्ठान, एसोसियट र जिल्ला शाखाको नेतृत्वका लागि मतदान भइरहेको छ ।

महासंघका पदाधिकारी र सदस्यलाई देशभरका सदस्यले मतदान गर्न पाउँछन । प्रदेशका लागि सम्बन्धित प्रदेशकाले मात्र मतदान गर्न पाउँछन । उपत्यका, एसोसियट र प्रतिष्ठानमा सदस्यता हुनेले केन्द्रका बाहेक आआफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउँछन् । उनीहरूले आआफ्नो प्र्देशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारलाई मतदान गर्न पाउँछन् ।

जिल्ला, प्रदेशका विभिन्न स्थानमा मतदान स्थल तोकिएको छ । उपत्यकाका् हकमा प्रतिष्ठान, उपत्यका र एसोसियटका लागि अलगअलग मतदान स्थल छ । मतदानलाई सहज र मर्यादित बनाउन महासंघले केन्द्रीय पदाधिकारीलाई सबै प्रदेशमा केन्द्रीय प्रतिनिधिका रुपमा तोकेको छ ।

आजको निर्वाचनमा मुख्यतया तीन अध्यक्षका उम्मेदवार रहेका छन् । प्रेस चौतरीबाट निर्मला शर्मा अध्यक्ष एवम् बालकृष्ण बस्नेत महासचिव, नेपाल प्रेस युनियन र प्रेस संगठनको तर्फबाट विपुल पोखरेल अध्यक्ष एवम् रोशन पुरी महासचिवका उम्मेदवार रहेका छन् ।

महासंघको केन्द्रीय अध्यक्षमा गजेन्द्र बुढाथोकी पनि उम्मेदवार रहेका छन् । उनले कुनै राजनीतिक संगठनभन्दा बाहिर स्वतन्त्र हिसाबले उम्मेदवारी दिएका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!