कर्णालीमा एमालेका मन्त्रीहरुले दिए सामूहिक राजीनामा, सरकारबाट बाहिरियो एमाले


[ss_social_share]
लेखक : लेखापढी      २४ चैत्र २०७७, मंगलवार १४:५९ मा प्रकाशित     
कर्णालीमा एमालेका मन्त्रीहरुले दिए सामूहिक राजीनामा, सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेशमा सहभागी भएका एमालेका तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मंगलबार सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

 

सरकारलमा एमालेका तीन जना मन्त्री सहभागी थिए ।

मुख्यमन्त्री शाहीलाई राजीनामा पत्र बुुझाएलगत्तै उनीहरुले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका हुन् । आथिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि आफूहरुले मन्त्री पदमा राजीनामा दिने निर्णय गरेको बताए ।

यही चैत ५ गतेदेखि लागु हुने गरी एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । अब मन्त्रीहरुले राजीनामा दिएसँगै माओवादी नेतृत्वको कर्णाली सरकार अल्पमतमा परेको छ । कर्णालीमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । तस्विरः सामुहिक राजिनामा दिए पछि पत्रकार सम्मेलनमा जानकारी दिदै ।  मुना हमाल (गाेरखापत्र) ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •