वनिता त्रैमासिकको २३ औं वार्षिकोत्सव एवम् सम्मान समारोह


[ss_social_share]
लेखक : लेखापढी      २४ चैत्र २०७७, मंगलवार २०:५० मा प्रकाशित     
वनिता त्रैमासिकको २३ औं  वार्षिकोत्सव एवम् सम्मान समारोह

२४ चैत्र÷काठमाडौं
वनिता त्रैमासिक पत्रिकाको २३ औं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम आज नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न कार्यक्रम सहित सम्पन्न भयो । वनिताकी प्रधान सम्पादक लक्ष्मी उप्रेतीको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ ले गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि रहेको सो समारोहमा डा. भोला रिजाललाई अभिनन्दन एवम् पवन आलोक, नारायण तिवारी, ध्रुव मधिकर्मी, अनिल पौडेल, विजय चालिसे, प्रा.डा. गोविन्दराज भट्टराई, वसुश्री पाण्डेय, डा. गोपाल भण्डारी, दिपा एवाई, विक्रममणि त्रिपाठी, रुमी लास्कर बोहरा, हरिशरण सायमी, महेश पौडेल, सुधा पाल्पाली, अञ्चित ढुंगाना, सरिता शाही, केदार संकेत सुनुवार, प्रसन्न श्रेष्ठ, सुमला राई र केशवलाल श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो ।
वनिताकी प्रधान सम्पादक लक्ष्मी उप्रेतीको स्वागत मन्तव्यसँगै प्रारम्भ भएको यस समारोहमा प्रधान सम्पादक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले वनिताको साहित्यिक योगदान प्रशंसायोग्य रहेको बताए । नेपाली साहित्य कलाका विकासमा यस किसिमका सम्मान–पुरस्कारले स्रष्टालाई उर्जा थप्ने बताए । विशिष्ट अतिथि भद्रकुमारी घलेले नेपाली साहित्यको विकासमा वनिताको योगदानको चर्चाका साथै मानिसले हिम्मतसाथ काम गर्नुपर्ने विचार राखिन्् ।
पुरस्कृत प्रतिभाको तर्फबाट बोल्दै महेश पौडेले आज विभिन्न पुस्ताको सम्मान भएकोले यो नेपाल राष्ट्रकै सम्मान भएको बताए । पुरस्कृत प्रतिभा विजय चालिसेले वनिताको योगदानको चर्चा गरे । अभिनन्दित व्यक्तित्व डा. भोला रिजालले साहित्यले आफूलाई बचाएको र जीवन्त राखेको विचार व्यक्त गरे ।
कार्यक्रममा पुरस्कृत प्रतिभा प्रसन्न श्रेष्ठको नृत्य, सरिता शाहीको गायनका साथै अन्य प्रतिभाको समेत गायन एवम् नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा पुरस्कारका दातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा पुरस्कारकी संस्थापक प्रा.डा. उषा ठाकुरले वनितासँगको आफ्नो सहकार्य, पुरस्कार स्थापनाका साथै पुरस्कृत व्यक्तित्वको बारेमा आफ्ना दृष्टिकोण सहित धन्यवाद ज्ञापन गरेर कार्यक्रम विर्सजन गरेकी थिइन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •