कोरोना संक्रमणको खतरा बढेपछि यसवर्ष पनि बिस्केट जात्रामा लिंगो ठड्याउन र रथ तान्न रोक


लेखक : लेखापढी      २३ चैत्र २०७७, सोमबार १२:०९ मा प्रकाशित     
कोरोना संक्रमणको खतरा बढेपछि यसवर्ष पनि बिस्केट जात्रामा लिंगो ठड्याउन र रथ तान्न रोक

कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम नगर्ने निर्णय भएको छ ।

प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।

यसवर्ष पनि यसै समयमा कोभिड–१९ को संक्रमण फैलिन सक्ने आशंका गरिएको छ । भारतमा भयाबह बन्दै गएको यो संक्रमणको दोस्रो लहर नेपालमा पनि आउन सक्ने आशंका गरिएको छ । पछिल्लो समयमा नेपालमा यसका संक्रमित बढ्न थालेपछि सरकारले सतर्कता अपनाउन र भिडभाड हुनेगरी भेला नगर्न सूचना जारी गरिसकेको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!