वनिता सम्मानको घोषणा


लेखक : लेखापढी      २३ चैत्र २०७७, सोमबार ०९:०४ मा प्रकाशित     
वनिता सम्मानको घोषणा

काठमाडौं २३ चैत्र,
वनिता (साहित्यिक-पारिवारिक त्रैमासिक) नेपाली वाङमयका क्षेत्रमा विगत २३ वर्ष देखि निरन्तर सक्रिय रहेको छ । यस साहित्यिक पत्रिकाले बिभिन्न क्षेत्रमा योगदान पु¥याउने महत्वपूर्ण व्यक्तित्वहरुलाई हरेक वर्ष अभिन्नदन, मानसम्मान र पुरस्कार प्रदान गर्दै आएको छ । वनिता पत्रिकाले हालसम्म लगभग १५० जानालाई अभिनन्दन, सम्मान एवम् पुरस्कार प्रदान गरिसकिएको छ । यही २०७७ चैत्र २४ गते दिनको ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा २०७६ र २०७७ का लागि विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिभालाई पुरस्कृत एवम्् सम्मानित गरिने कुरा यस पत्रिकाकी प्रकाशक एवम् प्रधान सम्पादक लक्ष्मी उप्रेतीले जानकारी दिइन् ।
यसरी वनिता पत्रिका सम्बद्ध सम्मान एवम् पुरस्कारबाट सम्मानित एवम् अभिनन्दित हुनेहरूमा वनिताश्री साहित्य रत्न सम्बुद्ध बहुआयमिक अभिनन्दन २०७७ का डा. भोला रिजाल, देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार (रु. दस हजार सहितको लागि) २०७६ का लागि विजय चालिसे, २०७७ का लागि वसुश्री पाण्डेय, वनिताश्री डा. नरेन्द्र चापागाईँ समालोचक शिरोवर्ती सम्मान (रु.५,००० राशि सहित) का लागि डा.गोपाल भण्डारी (२०७६) एवम् डा. गोविन्दराज भट्टराई (२०७७), वनिताश्री देवकुमारी थापा विशिष्ट सम्मानका लागि नारायण तिवारी (२०७६), ध्रुव मधिकर्मी (२०७७), व्यथित काव्य वनिताश्री सम्मान (रु. १५, ००० सहित) का लागि अनिल पौडेल (२०७६), दीपा राई (२०७७), उषा ठाकुर भाषा विशेष सम्मान (रु. १०,१०० सहित) का लागि विक्रममणि त्रिपाठी (२०७६), रुमी लस्कर बोरा (२०७७) रहेका छन् ।
यसरी नै वनिता बहुआयामिक रञ्जुश्री–दामोदर पुरस्कार (रु. १५, ५०० सहितको) पवन आलोक कँडेल (२०७७), वनिताश्री पुरुषोतमराज पाण्डेय (रु.१०,००० सहितको) महेश पौडेल (२०७६), संगीतकार हरिशरण्ण सायमी (२०७७), वनिताश्री उन्नती गीतसंगीत पुरस्कार (रु. १५,००० सहित) सुधा पाल्पाली (२०७६), अञ्चित ढुंगाना (२०७७), वनिता विशेष वसुश्री मधु पुरस्कार (रु. १५,००० सहित) गायिका सरिता शाही (२०७६), केदार संकेत सुनुवार (२०७७), वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार (१५,००० सहित) बालप्रतिभा प्रसन्न श्रेष्ठ (२०७६), सुमला राई र सन्देश पौडेल (२०७७, संयुक्त रुपमा) लार्ई प्रदान गरिने छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!