गुलाफी बिँडी (कथा)


लेखक : लेखापढी      २२ चैत्र २०७७, आईतवार १५:५६ मा प्रकाशित     
गुलाफी बिँडी   (कथा)

घरवाट मालिक र भरिया दुवै निस्किए ।

मालिक – जसको नाउँ तीर्थ राज थियो – गोरो रङको र उमेरले भरिया भन्दा केही थोरैको थियो । उ आफ्नी स्वास्नी सित अलग भएको हुनाले चिन्ताकुल थियो र भरिया कृष्णवहादुर अर्कै धूनमा थियो – आज उसलाई कसैले धान नाचमा आउनू भनेको थियो, तर ऊ जान सकेन । मालिक यस्तो वेलामा आयो, जव कि उ सित नहिँडी नहुने थियो । उ कालो थियो । केस उसका छरिएका थिए, नाक सम्म वारम्वार सिंगान आइरहन्थ्यो । उसका कपडा फाटेका थिए । गोडामा वुच्चे सुरुवाल र आङमा फाटेको इस्टकोट र दौरा थिए । यसको उल्टो मालिक कोट, टोपी, जुत्ता र मयलपोस–सुरुवाल र हाते घडीले टन्जमन्ज थियो । दुवै जना निक्कै पर पुगिसके, तर चुपचाप ! मालिक सोच्तथ्यो – यो कस्तो दिन हो ! आफ्नी स्वास्नी, आफ्नो परिवार, घर सवै थोक छोडेर मैले हिँड्नुपरि रहेको छ । भरिया सोच्तथ्यो – अव धरान जान पाँच दिन, वहाँबाट फर्किन पाँच दिन, जम्मा दश दिन लाग्दछन् । तवसम्म के हुने हो ? त्यस ठिटीले के गर्छे !

उ कालो थियो । केस उसका छरिएका थिए, नाक सम्म वारम्वार सिंगान आइरहन्थ्यो । उसका कपडा फाटेका थिए ।

जव घर निक्कै पछि भइसक्यो – एउटा लामो वाटो हिँड्नु छ र अव उकालो चढ्नु छ – तव भरियाले मालिक सित भन्यो “होइन मालिक, कुरा नगरी त हिँड्न सकिँदैन । मुखिनीले यति भारी हालि दिनुभएको छ कि दुई मन भन्दा थोरै त निस्यै छैन ।” अनि उसले सास फेर्यो र पसिना पुछ्न थाल्यो । तीर्थराज पहिले त झर्कियो । अझ सम्म उसको दिलमा स्वास्नी यसरी वसेकी थिई, जसरी पानीमा माछा। उसले के चाह्यो भने यस भरियालाई हकारुँ, तर उसकी स्वास्नीले भनेकी थिई, “यदि पाँच दिनको लामो वाटो विना विघ्न साथ काट्ने हो भने कृष्ण बहादुरलाई कुरामा भुल्याउनु ।” यसो हुनाले तीर्थले गफ गर्ने विचार गर्यो ।

“अँ त दाइ, भन त आज सम्म तिमीले कतिओटी ठिटी सित गफ गरेका छौ ? नाचेका छौ ?” तीर्थले कुराको सिलसिला चलायो ।

“ल ।।। कृष्ण बहादुर दाइ, तिमी नै सुरु गर न । मान्छेको के भनाइ छ भने तिमी यस्ता गफ गर्छौै, जसको जवाफ कसैले दिन सक्तैनन् ।” तीर्थले भरियालाई फुक्र्याएर कुरा सुरु गरिदियो । “के कुरा गर्नु हजुर, आज मालिक यस्तो दिनमा आउनु भयो, के भनूँ ? कठैवरि, कान्छी के भन्दी होली मलाई ! अस्ति धान नाच्न आउ है ठुल्दाइ, भन्थी, तर आज यस्तो भयो ।” भरियाले टेकन लगाउँदै भन्यो। ढाकर उसले तोक्मामा यसरी राख्यो – मानुँ उ यो देखाइरहेको छ, म ढाकर वोक्न कत्तिको खप्पिस छु ! “अँ त दाइ, भन त आज सम्म तिमीले कतिओटी ठिटी सित गफ गरेका छौ ? नाचेका छौ ?” तीर्थले कुराको सिलसिला चलायो । “के कुरा गरेको मालिकले ! गफ गरेको, नाचेको पनि गनिन्छ ? कत्ति ठिटी सँग नाचेको छु ! नाचेको छु ! पोहोर सालको कुरा हो, भन्दा नराम्रो त नमान्नु होला है !” “भन, भन !”

रातमाटे वजारमा मेरो दलमा माहिलीको दलमा गीत हुने भइरहेथ्यो, (अहा ! कति राम्री थिई त्यो डल्ली !) माझमा च्यान्टे भुजेल पड्कियो, आखिर होड चलिगयो ।

“तपाईं त परदेशी भइसक्नु भयो यति पनि थाहा छैन होला, ढाँडे वजारमा नि वर्खमा एक चोटि राम नवमीमा ठुलो हाट लाग्छ । हामीहरु यस्तै वेलामा नै धेरै जसो नाच्तछौं । त पोहोरको राम नवमीमा राति होम वहादुर र राम वहादुरमा होड चल्यो । अव कुरा हामीले यस्तो तय गर्यौं, के भने यदि गीतमा होम वहादुर, उसकी वहिनी र उसको दलले राम वहादुरलाई हराए , राम वहादुर आफ्नी वहिनी, त्यस माथि सय रुपियाँ, दुइटा वोका, एउटा राँगो, एक घ्याम्पा रक्सी दिने । राम वहादुरले जित्यो भने होम वहादुरले पनि यसै गर्ने । अनि म चाहिँ होम वहादुर पट्टि थिएँ, मैले उसलाई जिताइदिएँ !” कृष्ण वहादुर अझै भन्दै थियो त तीर्थराज हाँसिदियो र भन्न थाल्यो “अनि तिमी ?” “मेरै ! सुन्नोस्, भन्छु । मालिक, तर भन्दा अलिक लाज भने लाग्छ । सुन्नोस्, आजभन्दा छ महिना पहिलेको कुरा हो । रातमाटे वजारमा मेरो दलमा माहिलीको दलमा गीत हुने भइरहेथ्यो, (अहा ! कति राम्री थिई त्यो डल्ली !) माझमा च्यान्टे भुजेल पड्कियो, आखिर होड चलिगयो । मैले जितेको खन्डमा माहिली मसित विहे गर्ने, च्यान्टेले जिते ऊसित, माहिली नै जिते ऊ हामीसित दुई सय रुपियाँ र चार वदल रक्सी लिने, कुरो यो तय भयो । आखिर पाँच दिन रने मगरका घरमा जुहारी चल्यो (उफ् ! कति मिठो गाउँथी वरा !) मैले त दुवै दिनमा मालिक, हारिहालें, च्यान्टेले ल्याउँछ कि पारा भनेको उसले पनि पाँचौं दिनमा खुट्टा तान्यो । माहिली जन्ड थिई, ऊसित को सक्ने ?” भरियाले यति भनेर सुस्केरा हाल्यो। उकालाको थालनी थियो । विच जङ्गलवाट यो वाटो थियो । दुवै जना कुरामा यसरी अल्मलिए, जङ्गलको नीरवता र कुनै वियोगको सम्झना सम्म मनमा आएन । चराचुरुङ्गी घरिघरि यता र उता च्याउँच्याउँ र क्याउँक्याउँ गर्दै उड्थे ।

“तिमीले त केटी त ठुल्दाइ, तव त ! हँ ! ।।। तेरीमा टोक्ने ।।।।” तीर्थले सोध्यो । “ल मालिक, गीत गाउनु, नाच्नु अर्कै कुरा हो, त्यस्तो ख्याल अर्कै हो । गीत यसर्थ गाइन्छ, को आफ्नो सिक्का जमाउन सक्छ ? र त्यसमो इज्जत पनि हुन्छ – जो गीतमा जित्तछ । तव ठिटीहरु पनि नाचै पिच्छे त्यसको सम्झना गर्छन् । अनि त्यसको साथमा साथ पाएपछि उफ्री पाफ्री नाच्तछन् पनि । दुवैको दिल मिल्यो भने त हजूर, कुरै अर्कै हो !” कृष्ण वहादुर जवाफ दिन्थ्यो । यसरी कुरा कुरामा दिन वित्यो ।


+++


अर्को दिनको यात्रा सुरु भयो । पहिलो दिन तिनीहरु दुवै ठिक ठाउँमा पुग्न सकेनन् । रातिको वास एउटा रुखमनि गरे । जव विहान भयो त दुवै जना हिँडे । राति तीर्थलाई यस्तो लाग्यो, मानुँ उ कुनै झ्यालखानामा थुनिएको हो । भरिया भने यस्तो वासको वानी भइ सकेको थियो, रपनि यो पहिलो रात उसलाई युग जस्तो लाग्यो जस्तो कि उसलाई यस्तो कहिल्यै लाग्दैनथ्यो । उसलाई के सम्झना भयो भने एक पल्ट जव ऊ यसै गरी मालिकको भारी वोकेर धरान गएको थियो – एउटी ठिटी उ सित प्रेम गर्थी, उ सित विहे गर्नेवाली थिई, तर घर फर्किंदा उसले अर्कै सित विहे गरसकी छ । यस पल्ट पनि उसलाई के डर लाग्यो भने कतै यो कान्छी पनि कसै सित प्रेम गरेर निहिँडोस् ! चाहे जे होस् ! आफ्नो आफ्नो मथिङ्गलमा दुवैको जस्तो ख्याल घुमेको होस् । तैपनि मालिक र भरिया दुवैले धरान पुग्नु थियो । कृष्ण वहादुर अघि लाग्यो, तीर्थ राज पछि ।

पहाड यसरी उभिएका छन् – मानौं अन्डरवियर (कट्टु) लगाएका पहलवान हुन् ।

विहानको भात खुवाइ तुम्लिङ टाहारमा भयो, जसको देव्रेपट्टि सभा र दाहिनेपट्टि अरुन नदीहरु वगेका छन् । पहाड यसरी उभिएका छन् – मानौं अन्डरवियर (कट्टु) लगाएका पहलवान हुन् । चैतको महिना थियो । हावा यात्रीलाई यस्तो लाग्थ्यो, मानौं पृथ्वीको यही अमृत हो !
अव त दुवै जनाले कुरा थुप्रो गरिसकेका थिए । यसो हुनाले यात्राको वातावरण शून्य थियो । घाम दिन चढेपछि अझ तेजिलो भयो । कृष्ण वहादुरको टाउको अझ चड्कियो । तीर्थ राज पनि – जो पहिलेदेखि नै पहाड वडै हिँडेको थिएन – पसिनाले चुर्लुम्म डुव्यो र कोट हातमा लिएर भरियाका पछाडि घरि ढाकरमा ओझल हुँदै, घरि छाता ओढ्दै हिँड्न लाग्यो । दुवै आकुल व्याकुल भइरहेका थिए, अगाडि ठुलो चौतारो देखियो र वस्नका लागि हतार हतार कुद्न थाले ।

“ए ।।।।। आमा, दाइ, वहिनीहरु सप्पै ?” चौतारामा पुग्नेवित्तिकै भरियाले थुप्रो पल्ला गाउँका चिनाजानीका मानिसलाई देखेर खुसीले हाँस्तै, पसिना पुछ्तै टेकन लाएर उभिएर भन्यो । त्यस पछि मात्र रुखका आडमा ढुङ्गो राखेर ढाकर विसायो अनि आएर नियम पूर्वक उनीहरुलाई ढोगहरु ढोग्यो । तीर्थ एकछेउ लागेर वसेर टाउको फर्काएर हेर्छ त तिनीहरु मध्येमा एउटी ठिटी थी – उसलाई चियाइरहेकी।

“कसको भारी वावु ?” एउटी वुढीले सोधी ।

“हँ ? आमा, त्रैलोक्य ठाहिँला मुखियाका जेठा छोरालाई चिन्नु हुन्न ? नेपाल (काठमान्डु) मा मुखिया हुनुहुन्छ मुखिया !” भरियाले यसरी जवाफ दियो, मानौं उ यो भनिरहेको छ – के म भरिया भए पनि जस्ता तस्ताको भारी वोक्ने हुँ ? अनि म जे वोल्छु, वडो ठाँट सित वोल्छु ! खास गरेर उ छेउकी तरुनी केटीलाई आफ्नो महत्त्व देखाइरहेको थियो । “यसपालि त एक्लै परियो होला भन्ने लागिरथ्यो । तर भाग्यै यस्तो रहेछ, ठुल्दाइ पनि सँगै भए ।” त्यस ठिटीले विँडीको धुवाँ फ्याँक्दै, तीर्थतिर वाङ्गा आँखा लाउँदै भनी ।

“ए।।।।।।। एक छिन चुप त लाग” भन्दै वुढी उठी र तीर्थ भए निर गई र भनी “लाठे भएपछि विरुवा पनि रुख भइहाल्छ ! नानी, त्यस वेला तिमी साना थियौ – जव म तिम्रो घरमा जान्थें । वरा मुखिया स्वर्गे भइ जानुभयो !” उसले लामो सास नाक र मुख दुवैवाट तानी । उसको मुखवाट रक्सीको अलिअलि गन्ध आइरहेथ्यो, सोधी “तव नानी नेपालमा मुखिया छौ ?”

“होइन मुखिया त ! जागिरे भने छु, केटा पढाउँछु ।” तीर्थले जवाफ दियो । “आमै, यहाँ तपाईंकै गाउँका ? म त चिन्दिन है !” एउटा चालिसे पुरुषले आएर तीर्थलाई एकटक लागेर हेर्दै सोध्यो ।
“अव तिमीले कसरी चिन्ने नि ! जन्म आसामको, घर आसामको ! मैले त विर्सिन आँटी छु ! अँ, हाम्रा पल्ला गाउँका मुखियाका छोरा हुन् ।” यति भनेर वुढी उता गई । तल अरुनवाट हावाको लपेटा आयो, सवै आनन्दमा डुवे – जस्तो कि यो मिलन घडी हो !

“के औधी गर्मी भएको ?” त्यो मान्छे वर्वरायो । “हो ।।।। असाध्यै गर्मी ! तपाईं आसामको हुनुहुन्छ ?” तीर्थले वोल्ने चाल झिक्यो ।

“वोलीले र वंशले नेपाली हुँ । मातृ–देश नेपालै भन्नु पर्छ । घर भने आसाममा छ । उ वुढी मेरी सासु पर्ने । उनले मलाई पनि पहाड पुर्याइदे, तँ पनि आफ्नो देश हिँड्, भनिन् र आको । एक महिना भयो, झन्नैले खुस्केको ! हुन त आफ्नो देश हेरियो, कुटुम्व भेटियो, जोराले भने सिकिस्तै पार्यो ! लखतरान् भएँ !” त्यसअधवैंसेले भन्यो ।

“तपाईंको नाउँ ?”

“रण वहादुर क्षेत्री ।”

“ उ वहिनी नि त ?”

हातमा पुरुषार्थ आइमाई जावाको के हुन्छ र ? म पनि जान्छु भनिन्, लौ त भनें, आसाममा रक्सी पार्छन् जीविका चलाउँछन् भन्ने विचार गरेर ल्याएँ ।

“नाउँ गोमा भन्छन् (ल आफ्ना गाउँका मान्छे । हजुरले त चिन्नु पर्ने !) यिनको विहे भइसकेको छ, तर लोग्ने सित झगडा गरिछिन् । सासुकी मितिनीकी छोरी । पहाडमा गरी खान नसक्ने ! वेसाहा मुहुँगो, आम्दानी नाहिँ । हातमा पुरुषार्थ आइमाई जावाको के हुन्छ र ? म पनि जान्छु भनिन्, लौ त भनें, आसाममा रक्सी पार्छन् जीविका चलाउँछन् भन्ने विचार गरेर ल्याएँ । ए ठाकुर, नेपाल पनि विग्रिएछ ।  पहाडमा वसेर पनि जिउ पाल्न यस्तो धौ धौ !” रण वहादुरले उत्तर दिए ।

“तव ठिक छ, हिँडाइ राम्रो भयो – एक हुल । म त यस्तो अप्ठ्यारामा परेको थिएँ, यो भरिया वेइमानी छ रे ! अव डर भएन ।” तीर्थले टाउको हल्लाउँदै विस्तारी भन्यो । “म पनि त्यस्तैमा परेको ! जँड्याही मगर्नी यिनीहरु । फेरि आइमाई ! शास्त्रमा भने झैं ‘वकमध्ये हाँस यथा’ भएको थिएँ, अव ढुक्क भयो ।” रण वहादुरले पनि विस्तारी हाँस्दै कुरा मिलाए ।

दुवै सँगै हिँड्ने भए । कुरो मिल्यो । फेरि यात्रा सुरु भयो । दुई वुढी र गोमा एक हुलमा अघि लागे । तीर्थ र रण वहादुर एक साथमा भए र कृष्ण वहादुर चाहिँ निक्कै परसम्म गोमाको पछि लाग्यो, तर घामका अगाडि उसको केही चलेन र आफ्नै मालिक साथ भयो ।

यो वाटो अरुनको किनारवाट जान्छ र दिनभरि हिँडेर पनि सकिंदैन । चारैतिर अहिले घामले वालुवा तात्तिएका थिए । नदीको स्वाँ स्वाँको आवाज कहिले साह्रो सुनिन्छ, कहिले विस्तारी । घाम पनि कहिले सट्ट लाग्यो कहिले मन्द । यदि प्राण वचाउने केही उपाय छ भने नदीको पानी कि गफ ! रण वहादुर र तीर्थराज कहिले आसामका, कहिले राजधानीका कुरा गर्थे । धेरजसो तीर्थ नै वोल्थ्यो, रण वहादुर ‘हि हि हि’ र ‘हो हो हो’ गर्दै विच विचमा हाँस्थे । यसको प्रभाव कृष्ण वहादुरमा धेरै वेर सुन्दा पनि परेन ।

“यदि यस्तै नै थियो भने भेट किन भयो ? ती मुर्दा वुढोहरुले वाँदरको छाउरा च्यापे झैं गोमालाई कुदाएर लगे है !” आखिर भरियाले ढाकर भित्तामा फ्याँक्दै भन्यो ।
“वुझ्नु भयो मास्टर साहेव ? मान्छेलाई कस्तो मार्का पर्यो ! कठैवरि !” रण वहादुरले वाङ्गो हान्दै भने र एउटा लामो हाँसो ताने ।

“उता कान्छीको ! यता गोमाको ! कठैवरि । हो गि, ठुल्दाइ !” तीर्थले पनि दुई वाक्य वोलिहाल्यो, तर उसले तुरुन्त के देख्यो भने भरियाको चेहरा उदेकलाग्दो छ, कसरी झोक्राएर वसेको छ । उसले स्वास्नीको अर्ती सम्झियो, “कहिलेकाहीँ रिस उठ्यो भने ढाकर पनि फ्याँक्छ कृष्णे त ।” तव तीर्थ राज डरायो ।

“ए ! के हिम्मत हार्छौ ? मेरी साली पो पर्छे त ! म भनिदिउँला भरे, भोलिदेखि तिमीसँगै गोमा हिँड्ने छ ।” तीर्थपट्टि आँखा झिम्क्याउँदै रण वहादुरले भरियालाई फकाउने चेष्टा गरे । उनी यसरी वोले – मानुँ उनी जो वोल्छन्, साँचो वोल्छन्, उनी जो चाहन्छन् त्यो उनको देव्रे हातको काम हो । भरिया आधा घन्टा नवसी त कसै गर्दा पनि हिँडेन । वल्ल वल्ल उ पत्यार पारियो – भोलिदेखि गोमा ऊसित निस्यै गरी हिँड्ने छे ।

माथि अग्ला अग्ला पहाड खडा थिए । तल अरुन वगेको थियो । वाटो कहिले वाङ्गिन्थ्यो, कहिले तेर्सिन्थ्यो । दिनभरि नै घाम चड्किन छोडेन, जसले गर्दा यी वटुवाहरुले सुखले हिंड्न पाएनन् र पानी खाँदा खाँदा हिँड्न नसकेर अगाडिका हुललाई भेट्न पनि सकेनन् ।

पहाडको त्यस गुफामा जसरी ठट्टा चल्यो त्यसै गरी आकाशमा खुसीले जुन पनि हाँस्यो, हावाले पनि आफ्नो रूप देखायो ।

दिउँसो भने भरिया मनाउँदा वर्दा हिँड्यो, राति भने सकेन र वास क्यावाँको गुफामा भयो । राति भरियाले दुःखका धेरै गनथन गर्यो, जसले दुवै मालिकले धेरै वेर हाँस्नु पर्यो । पहाडको त्यस गुफामा जसरी ठट्टा चल्यो त्यसै गरी आकाशमा खुसीले जुन पनि हाँस्यो, हावाले पनि आफ्नो रूप देखायो । मुखले जे भने पनि शरीरले भरिया चाहिँ गलेको थियो, उ भस्याकभुसुक निदायो, क्षत्री मुखिया पनि नातागती मान्छे, निदाइहाले । तीर्थ राजलाई भने निँद लागेन । उसलाई पनि गोमाको आँखाको वाण लागेको थियो, फेरि भेट भएन । एउटा अचम्मको झस्को उसको मनमा पर्यो । माझ आकाशमा जुन आउन्जेल सम्म उसले आकाश ताक्यो । कहिले घरको सम्झना आउँथ्यो उसलाई, कहिले दिनभरिको वाटाको । उसले मुस्किलले धेरै वेरपछि निद्रा देवीको काख लियो ।


+++


विहान तेस्रो दिनको यात्रा फेरि थालियो । के मनमा आयो ? विहानी पखको रमाइलो सितल समयमा भरियाले आफ्ना पाइला छिटो छिटो वढायो । हिजो भने उ तीन पाइलैमा टेकन लगाउँथ्यो, तर आज उसले यसो गरेन । यसरी लेगुवा खोलो तरे पछि गोमाको दल भेटिए ।
“वहिनी त यसरी हिँडिन् – जस्तो हावा हुन् ।” भरियाले छेउ पुग्दै भन्यो ।

“यस्तो तन्देरी के हिँड्छस्, के खान्छस् हौ मानाको भात ! यसरी पनि कोही हिँड्छन् ?” भन्दै वुढीले पाइला वढाई ।

“ट्वाक् लाउने सित सकिन्छ त ?” हाँस्तै भरियाले जवाफ दियो । वुढी नसामा थिई, अर्की वुढीलाई पछि लाएर हिँडी ।

“आज त आमा, म त तपाईंसित हिँड्न सक्तिनँ । हिजोको हिँडाइले गोडा सुन्निए ।” गोमाले मुख फोरी र पाइला घटाई ।

“भिनाजुसित आइज विस्तारी !” भन्दै वुढीले आफ्नो हिँडाइ चालु गरी । 

जव गोमाले वुढीहरुलाई छोडी त भरियाले खुसी हुँदै फेरि भन्यो “जवाफै दिन्नौ त वहिनी ?” “गोमा, जवाफ द्यौ न ठुलेलाई !” रण वहादुरले आँखा झिम्क्याउँदै गोमालाई भने ।

उ रङ गोरी, मोटी, सलक्क अनुहार परेकी, कदकी छोटी थिई । तन्देरीहरुका निम्ति प्रेरणाकी मूर्ति भई ।

“अव के जवाफ दिनु ? तिमी हिँड्दै हिँड्दा रहेन छौ, त म हावा हुने नै भएँ !” गोमाले अलिकति मुस्काउँदै जवाफ दिई । उ रङ गोरी, मोटी, सलक्क अनुहार परेकी, कदकी छोटी थिई । तन्देरीहरुका निम्ति प्रेरणाकी मूर्ति भई । भुईंमा सुतेकाले उसका केश फुस्रा थिए र ती यसरी चुल्ठो पारिएका थिए, जसरी नुहाइसकेपछि पारिन्छन् ।

“कृष्ण वहादुर, हँ ?? अलिक जोर लगाऊ । यदि तन्नेरी हौ भने आफ्नो जोश देखाऊ ।” आँखा झिम्क्याउँदै रण वहादुरले भरियालाई भने ।

“अँ ! अँ ! अव त !” तीर्थले पनि हाँस्तै भन्यो । यसमा कटाक्षले गोमाले कुरा वुझी । “अव त हिँड्छु नै, आज अलिक कुइरो पनि त छ ।” भरिया मचकमचक ढाकर कुधाउँदै हिँड्न थाल्यो । उ गोमा पछि लाग्यो, त्यसपछि तीर्थ र रण वहादुर । भरिया गोमाका पाइला गन्न थाल्यो । आफ्नो हिँड्ने हुती भारीले रोके पनि उसले टेकन लगाउने ठाउँमा लगाएन । जव उ टेकन लगाउँथ्यो, गोमा भित्तामा यसो उभिन्थी, झट्ट रण वहादुर भनि हाल्थे “ल ठुले, गोमालाई नछोड्ने भए ! वुझ्यौ, पछि पछि !”

गोमाले पनि मुस्कुराएर कुराको समर्थन गरी र भन्न लागी “जाऊ हो ठुल्दाइ ।” वाटो अघि वढ्यो । गोमा विँडी खान्थी, भरिया पनि ठुटो मागेर वडो चाखले खान्थ्यो ।

तीर्थ राज जे कुरा गथ्र्यो – गोमा सुन्दथी, गोमा जे भन्थी तीथ सुन्दथ्यो । दुवैलाई आफु आफुमा कुरा सुनाउने वाटो भरियै थियो । अव तीर्थ राज मजा सित भरियालाई भन्न थाल्यो “अँ ठुल्दाइ, गोमाको पाइला नछोड है !” यस सिलसिलावाट गोमा सित पनि भन्न थाल्यो “वहिनी, विचार ठुल्दाइको दिल रुहो जस्तो छ ! चाँडै चुँडिन्छ !”

जव सम्म रण वहादुर साथ छन्, कुरा अगाडि नै वढ्छ “मास्टर ज्यु , हाम्री साली गोमा यस्ती जादुगर्नी छिन् ! कठैवरि कृष्ण वहादुरको दिल लौरो झैं भाँचियो !” यसमा औधि हाँसो चल्थ्यो, आफैं भरिया पनि हिँहिँ गथ्र्यो ।

“वहिनी, केही त जवाफ गर न !” भरियाले गोमा सित आग्रह गर्यो त गोमाको जवाफ मिल्यो “हुन्द्यौ ठुल्दाइ, अर्कालाई भन्न पायौं भनेर भन्छन् नै ! तिम्रो दिल साँचो छ ! के भयो र ? आफ्नो वाटो खुरुखुरु हिडौं न !”

“अव त हुल पो कसिन थाल्यो !”

“भाग्यमानी रछौ ठुल्दाइ !”

“जय होस् ! तिमीहरुको !”

कुरा निक्कै पर पुग्यो त गोमाले वनिँदै सवैलाई हकारी “धेर नकराउनु होस् है भन्न पाएँ भनेर !” “लौ वावा, दुहाई !”

“लौ वावा चुपचाप !”

यात्रा स्वादमा खुइँकियो र रातको वास डिकुरेमा भयो, जहाँ वुढीहरु वसेका थिए ।


+++


चौथो दिनको यात्रा सुरु भयो । क्रम उही छ । रण वहादुर कुरा निकाल्छन् – गफ चलिहाल्छ ! अव गोमा र तीर्थमा परत्व हटिसकेको छ । भरियालाई ठिक पार्नु थियो, वस्, वाटो काट्टिइजान्थ्यो । उ पनि खुसी नै थियो । हुन पनि रण वहादुर हुँदा हुँदै उ कसरी वेखुसीको हुन सक्थ्यो ? गोमा अवश्य उ सित प्रेम गर्ने छे ।

लामो उकालो र पाख्रीवासको तेर्सो मजले काटियो । वुढीहरु रक्सीको सुरमा अघि हुन्थे, यी पछि । रातिको वास धनकुटा मुनि घुमाउने चौतारामा टुङ्गो भयो र सवै जना मास्तिर धारामा भातसात गरेर राति वहाँ पुगे ।

जानि नसक्नु गहिरो रात ! टलटल घरिघरि र झनझनको आवाज सकियो । चौतारामा सवैले वरिपरि – मानौं चोरको डरलाई प्रदक्षिणा गरे झैं – ओछ्यान लाए पछि आउने जानेको हल्लखल्ल पनि सकियो । पर जङ्गलवाट चराचुरुङ्गीको चुँ पनि छैन । उता कतै जङ्गलमा आगो झिलिल्ल देखिन्छ र त्यो शान्त छ । आकाशमा जुन झुल्किएको छ ।

वुढीहरुको आफ्नो चलन अनुसार गोडामा गोमाले चिल्लो लगाइ दी । उनीहरु स्वाट्टै निदाए । केही वेरसम्म भरिया छटपटायो, तर ऊ पनि भस्याक–भुसुक भयो । रण वहादुर र तीर्थ राजले एक छिन कुरा गरे, तर क्षत्री मुखिया पनि निदाइहाले । तीर्थ पनि सुतेको थियो, निद लागेन । ओर्क्यो फर्क्यो र अन्तमा वर्वरायो “आजै सिगरेट मुलाले पनि सकिनु परेको !”

ऊ माथि आकाशमा जूनको छेउ दुई वादलका टुक्राको मिलन हेर्न लागी । त्यसपछि उसले टाउको उठाई । विचमा ढाकर थियो, तीर्थको सिरानको साँध ।

गोमा पनि निदाएकी थिइन । ऊ माथि आकाशमा जूनको छेउ दुई वादलका टुक्राको मिलन हेर्न लागी । त्यसपछि उसले टाउको उठाई । विचमा ढाकर थियो, तीर्थको सिरानको साँध । उसले अ‍ेउटा बिँडी पोल्टावाट झिकी र ढाकर माथिवाट छिराउँदै भनी “मास्टर दाइ, विंडीले हुन्छ भने ….” ज्यादै सानो सासमा वोली थियो, तीर्थले टाउकातिरबाट आएको ठान्यो । उसले मास्तिर हात वढायो । वरतिर परतिर आँखा नचायो – सवै फुइँ फुइँ निदाइ रहेका थिए । गोमाले उसको हातमा विंडी राखिदिई । उसले झट्ट विँडी लियो र गोजीवाट सलाई झिकेर पार्यो – विँडी गुलाफी छापवाला स्पष्ट देखियो ।

“बहिनी, अ‍ेउटा अर्को पनि विंडी दिन सक्छ्यौ ?” तीर्थले विँडी खाँदै अ‍ेक हात मास्तिर लग्यो । जुनको टहकमा एउटा छाया चौतारामनि गएको देखियो । एक छिनपछि अर्को मूर्ति झर्ना सागरतिर लम्के झैं पछि पछि लाग्यो ।


+++


विहान भयो । फेरि पाँचौं दिनको पछिल्लो यात्रा सुरु भयो । चाल पुरानै । “एउटा विँडी त खुवाऊ बहिनी” भरियाले पिर्तिलो स्वरमा ढाकर मिलाउँदै भन्यो ।

“देऊ न बहिनी, आफ्ना ठुल्दाइलाई !” तीर्थले मस्किँदै हाँस्दै भन्यो ।

“लाऊ ठुल्दाइ, खाऊ” भन्दै वाङ्गा आँखाले तीर्थलाई हेर्दै गोमाले भरियालाई विँडी दिई । उसको चेहरा सूर्योदयमा कमल झैं मुस्कुरायो ।

गोमा अघि लागेपछि रण बहादुरले भरियालाई भने “आज त गोमासित छुट्टिने दिन ! वुझ्यौ कृष्ण वहादुर ?”

“हेर ठुल्दाइ, आज त हात पार्नुपर्छ गोमा तिमीले, वुझ्यौ ?” रण वहादुर उता झोला भिरदै थिए, यता तीर्थले आफ्ना भरियाको कान फुक्यो । भरिया आनन्दमा मुसुक्क हाँस्यो । “पर्ख वहिनी, सँगै जाऊँ” भन्दै ढाकर वोकेर धाइफल तोड्यो । उसले पुल पुगेको, लेउतीको किनार हिँडेको, धारापानीको उकालो चढेको केही थाहा पाएन ।

धरान पुगेपछि राति सवै आआफ्ना वस्ने गरेका ठाउँमा गअ‍े । यो हो धरान ! न कि पहाडका मैदान ! रातभरि कृष्ण वहादुर ज्यादै चिन्तित भयो । मालिकलाई छोडेर अघि नै जान नहुने ! वेलुका एक छिन वजार घुम्यो ! उसले उनीहरुको डेरा पत्तै लगाउन सकेन ।

तीर्थ जस्तो ठुलो मान्छेको छोरा र अ‍ेउटा पढेको मान्छेसँग चिनाजान र सँगै हिँड्न पाएकामा उनी खुसी भअ‍े । दुवै जना यो यात्रा कहिल्यै नविर्सने भए, आफ्ना आफ्ना ठाउँमा गअ‍ेर दुवै चिठी लेख्ने भअ‍े ।

विहान भात खाइ सकेपछि कृष्ण वहादुर फेरि वजार निस्कियो । ऊ निस्कि मात्र रहेथ्यो, रण वहादुर आइपुगे । तीर्थ र उनले आपसमा प्रेमका कुरा गरे । तीर्थ जस्तो ठुलो मान्छेको छोरा र अ‍ेउटा पढेको मान्छेसँग चिनाजान र सँगै हिँड्न पाएकामा उनी खुसी भअ‍े । दुवै जना यो यात्रा कहिल्यै नविर्सने भए, आफ्ना आफ्ना ठाउँमा गअ‍ेर दुवै चिठी लेख्ने भअ‍े । त्यसपछि क्षत्री मुखिया हिँड्न मात्रै आँटिरहेथे, कृष्ण वहादुर कपाल सुम्सुम्याउँदै आयो, आउँदै भनिहाल्यो “खोइ, तपाईंहरु कता वस्नुभअ‍ेको छ ? म त डेरा खोज्दा खोज्दा हैरान भअ‍ें । तपाईंहरुले भनेको ठेगानामा गअ‍ेको त झन्नै लाठा लाठा पाअ‍ें, उफ् !” र ऊ निराश आफ्नो चेहरामा प्रसन्नता ल्याउने कोसिस गर्दै भुइँमा वस्यो ।

“उता पनि उस्तै हाल छ ! गोमाले वेलुका भात पनि खाइनन् ! राति ननिदाएर उस्तै ! तिमी कस्ता निठुरी !” रण वहादुरले आफ्नो आँखा झिम्क्याउने पारैमा भने ।

“कठैवरि !”

“कठैवरि !”

“अच्छा, म जान्छु !” रण वहादुरले हाँस्तै भने । “मेरो एउटा सन्देशा….” भरियाले भनि मात्रै रहेथ्यो, जवाफ पायो, “हामी त अव आसाममा वावु !”

“ए, त्यसो भए म पनि गोमासित भेट गर्न जान्छु !” आँखामा आँसु भर्दै भरिया पछि लाग्यो । दुवै जना मोटर स्ट्यान्डसम्म चुप लागेर गए। मोटर स्टार्ट हुँदै थियो । रण वहादुर चाँडो चाँडो गएर सिटमा वसे। वुढीहरु माझमा भिडमा थिए । गोमा झ्यालको सिटमा थिई ।

ऊ यसरी उभिअ‍ेको थियो – मानौं, विछडिअ‍ेकी लैलालाई मजनुँ विदा गर्न लागिरहेछ !

“वहिनी, नमरी वाँचे दैवले साँचे, फेरि भेट हुँला !” छेउमा गएर आशायुक्त स्वरमा कृष्ण वहादुरले गोमालाई भन्यो । ऊ यसरी उभिअ‍ेको थियो – मानौं, विछडिअ‍ेकी लैलालाई मजनुँ विदा गर्न लागिरहेछ !

“ठुल्दाइ, तिमी यति प्यारा छौ, मेरो अ‍ेउटा काम गरिदिनछौ ?” मोटरको झ्यालमा मन्टो छिराअ‍ेर विस्तारी गोमाले भनी ।

“निस्स्यै गर्छु ।”

“तिमी भेट गर्न आयौ, मास्टर दाइ त आउनु भअ‍ेन ! यो अ‍ेउटा विँडी लगेर देऊ है !” विँडी दिँदा उसको हात काम्यो र मोटर घ्याररर, हुइँय गरेर गुड्यो ।

जव गाडी चल्यो, कृष्ण वहादुरको मथिङ्गल चक्कराउन लाग्यो । आकुल व्याकुल हुँदै ऊ खुरुरुरर कुधेर मालिकको डेरातिर आयो र भुइँमा पछारियो । उसले हात उठाअ‍ेर तीर्थलाई विँडी दिँदै भन्यो “लिनुहोस् मालिक, गोमाले तपाईंलाई विँडी भेट गरेकी छिन् !” तीर्थ राज खाटमा वसेको थियो, ऊ जुरुक्क उठ्यो र विँडी समात्यो । उसले विँडीलाई टड्कारेर हेर्यो – गुलाफ छापे विँडी थियो । त्यस पछि उसले आफ्नो दाँत खिस्स पार्यो ।


चुडामणि रेग्मी


(चुडामणि रेग्मी नेपालका प्रसिद्ध साहित्यकार हुन् । उनलाई पूर्वाञ्चलका मोतीराम भनेर पनि उपाधि दिइएको छ । विभिन्न विधामा कलम चलाउने रेग्मीको यो कथा वि.स. २०१४ मा छात्रदूतमा छापिएको थियो ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!