काठमाडाैं उपत्यकामा ९९ सहित देशभर १७६ सङ्क्रमित


[ss_social_share]
लेखक : लेखापढी      २२ चैत्र २०७७, आईतवार २१:०८ मा प्रकाशित     
काठमाडाैं उपत्यकामा ९९ सहित देशभर १७६ सङ्क्रमित

काठमाडौं, चैत २२ गते । नेपालमा कोरोना भाइरसका १७६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै साे कुरा बताउनुभएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।

काठमाडाैं उपत्यकामा ९९ सङ्क्रमित थपिएका छन् । काठमाडाैमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका छन् ।

हालसम्म दुई लाख ७३ हजार २४० जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •