काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावल नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा रावललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो। सिफारिस समितिले डा. रावलसँगै प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिले यसअघि तीन-तीन जनाको नाम सिफारिस गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले डा रावललाई उपलकुपतिमा नियुक्त गरेका हुन्। हाडजोर्नीरोग विशेषज्ञ डा रावल प्रतिष्ठानका निर्देशक हुन्।
कर्णालीको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको थियो। जसमध्ये समितिले प्रारम्भिक सूचीमा रहेका १३ जनाको नाम सार्वजनिक गरेको थियो।
महिना दिनदेखि खाली रहेका तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये अब पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन बाँकी छ।