माया यो कस्तो माया बस्यो तिमिसंग,
चाहेर नि भुल्न सकिन तड्पिन्छ तनमन !
यो मन-मुटु तिमीले दिएको त्यो घात सम्झी,
रुन्छ आत्मा तिमीसंग भुल्न सक्दिन व्यतित क्षण !!
चुडिनु नै थियो भने लगायौ माया किन मसंग,
सयौ टुक्रा पार्यौ मुटु तिमिमा नै थियो समर्पण !!
भौतारिएर हिडी राछु तिम्रो न्यानो माया सम्झी,
स्वप्निल संसारको कल्पनामै अधुरो माया यो अर्पण !!
जिवन बिताउने चाहना सबै चकनाचुर तिमीसंग,
भयो यो जीवन आज बगरको बालुवा झैँ मिश्रण !!
रचना तामांग
काठमाडौँ