धर्मानन्द भट्टको गजल


[ss_social_share]
लेखक : लेखापढी      २२ चैत्र २०७७, आईतवार २०:०७ मा प्रकाशित     
धर्मानन्द भट्टको गजल

दु:खी रहन्छ पुरानो हो मेरो घाउ कहाँ आलो हो।
पख्नुस महोदय दुख्ने त अब तपाईंको पालो हो।

म हिउँ नै बनोस चाहन्थे शीरमा राख्न पाइयोस्,
तिमी स्वयम पानी बन्यौ अब गन्तव्य ओरालो हो।

तिम्रो असर सबैभन्दा धेरै उसको आँखामा परेछ,
भन्दै हिडेको देखे कोइला सेतो हो दूध कालो हो।

तिम्रो जाने खबरले यो मन फाटेर धुजा धुजा भो,
कस्तो अचम्म छ तिमी मान्छे हो कि भुइँचालो हो।

श्रृङ्गार पनि अचम्मको अनुहारमा नै कालो पोत्ने,
तिमीले लगाउने कपडा होइन त्यो एक टालो हो।

कहाँ यो नदीमा पौडिन खोज्दैछौ मूर्ख हराउछौ,
सुनसान नदी होइन एक प्रवाहशील भङ्गालो हो।


धर्मानन्द भट्ट 
महेन्द्रनगर, कंचनपुर 
(सुदुरपस्चिमबाट हामीलाई प्राप्त सुन्दर गजलको लागि ‘धर्मानन्द भट्ट’ लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ- लेखापढी म्यागजिन, lekhapadhi.com)


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •