फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’


फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’

काठमाडौं । चीनकै सबैभन्दा ठूलो कमर्शियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो ।

एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ ।

फोटनले गएको मार्च महिना मात्रै एक लाख एक हजार एकसय ६६ वटा गाडी विक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो ।

विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो । लगत्तै फोटनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरु कमिन्ज्, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो ।

कमिन्ज् हेभी–ड्युटी ट्रक बजारको आइकनहो जुन संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता समेत हो । त्यसैगरी, जर्मनीको डेमलर ग्रुपविश्वको सबैभन्दा ठूलो प्रिमियम कमर्शियल भेहिकल निर्माता कम्पनी हो भने जेडएफ संसारको सबैभन्दा ठूलो ट्रान्समिसन तथा च्यासिस् टेक्नोलोजी सप्लायर हो ।

फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । नेपालमा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले फोटनका पिकअप, भ्यान र एम्बुलेन्सको विक्री वितरण गर्दै आएको छ ।