बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, मन्दिर जोखिममा


बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, मन्दिर जोखिममा

 प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ ।

काठेखोलाछेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

आगलागीका कारण मन्दिरको पश्चिमपट्टिस्थित जंगलमा ठूलो क्षति पुगेको छ । मन्दिर परिसरनजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ ।

जंगलमा कुहिएका काठ, रुखका पात र झार बढी भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । रासस