फोनको घण्टी


लेखक : लेखापढी      २० चैत्र २०७७, शुक्रबार ०१:५७ मा प्रकाशित     
फोनको घण्टी
फोनको घण्टी निरन्तर बजिरह्यो म अफिसमा अलि व्यस्त थिएँ
मैले फोनको रिसिभर उठाउदै भने –
हलो !!!
"तपाईँहरूलाई आज उल्लु बनाएछन् यहाँ तपाईँहरू जस्तै धेरै मान्छे आइसक्नु भो । आज अप्रिल फुल हो "
“तपाईँको बुवालाई हर्ट अट्याक भएर हामीले वीर अस्पताल ल्याएका छौँ तपाईँ तुरुन्तै अस्पताल आउनु होला”
एक चिर परिचित आत्तिएको आवाज मेरो कानमा ठोकियो
मैले उहाँको आवाज खासै ठम्याउन सकिन ।
तपाई को बोल्नु भएको- सोध्दै थिएँ उताबाट फोन काटियो मेरो अर्को सम्पर्क सूत्र कुनै थिएन ।
म अलिकति पनि ढिलो नगरीकन होन्डा बाइक लिएर वीर अस्पताल तिर हुइँकिए । मेरो लागि ट्राफिक नियमहरू लागु भएन मलाई छिटो पुग्नु थियो ।
म हस्याङ फस्याङ गर्दै अस्पतालको इमर्जेन्सी वाड तिर लम्किएँ । ढोका खोलेर चारै तिरको बेडमा नजर दौडाएँ । 
बा कहाँ निर हुनुहुन्छ म धेरै नै आत्तिइसकेको थिएँ कतै देख्दिन मनमा शङ्का लागेर आयो न बा बितिसक्नु त भएन ? मन कहालियो मैले नजिकै गएर नर्सलाई सोधे –
“यहाँ केहि समय अगाडि हर्ट अट्याक भएर ल्याएको बिरामी कहाँ हुनुहुन्छ सिस्टर “?

नर्स केहि बेर अकमक्क परिन मैले केहि बुझ्न सकिन । म झनै निराश हुँदै थिएँ ।

त्यहाँ म जस्तै अर्को व्यक्ति पनि हस्याङ फस्याङ गर्दै आइपुगे र नर्सलाई केहि कुरा सोध्दै थिए

नर्स मुस्कुराउँदै भन्दै थिइन –
“तपाईँहरूलाई आज उल्लु बनाएछन् यहाँ तपाईँहरू जस्तै धेरै मान्छे आइसक्नु भो । आज अप्रिल फुल हो “।

म भने गहिरो सन्तोषको श्वास फेर्दै थिएँ ।


किशन पौडेल   
(निरन्तर रुपमा हामीलाई सुन्दर लघुकथा पठाउनु हुने किशन पौडेल ज्युलाई हार्दिक आभार ब्यक्त गर्दछौ- www.lekhapadhi.com, लेखापढी म्यागजिन


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •