काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले तत्कालीन नेकपाको एकता बचाउन गरिएको आग्रहलाई सम्झदै समीक्षा गर्न आग्रह गरेका हुन् ।
“नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झदै अब त आत्मसमीक्षा गर्नथाल्नुस् – माधव नेपाल / प्रचण्ड कमरेडहरू !,“ उनले लेखेका छन् ।
नेता नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ६ महिनाका लागि निलम्बन गरेका छन् । एमालेमा खनाल–नेपाल समूह समानान्तर कमिटी गठन गरिरहेको छ ।