दशरथ रंगशालामा कोभिड कप २०२१ हुने


[ss_social_share]
लेखक : लेखापढी      २० चैत्र २०७७, शुक्रबार ०३:०५ मा प्रकाशित     
दशरथ रंगशालामा कोभिड कप २०२१ हुने

काठमाडौँ- चैत्र २८ गते दशरथ  रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत २८ गते दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकारहरू, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लबका व्यक्तिहरू, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।

सातवटा खेलमा १० वटा टोली रहने र कोभिड– १९ बाट बच्नका लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरीने आयोजकले बताएको छ ।
-नयाँ पत्रिका 
#कोभिडकप 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •