सुन आयातको सिमा बढ्यो,अब दैनिक २० किलो सुन आयात गर्न पाइने


लेखक : लेखापढी      १९ चैत्र २०७७, बिहीबार २०:१९ मा प्रकाशित     
सुन आयातको सिमा बढ्यो,अब दैनिक २० किलो सुन आयात गर्न पाइने

सुन आयातको सिमा बढेको छ। केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुन आयातको सिमालाई बढाएर दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो।

यस अघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था थियो। व्यवसायीहरुले सुनको माग धान्न मुस्किल परेको भन्दै सुन आयातको कोटा बढाउन आग्रह गरेपछि केन्द्रिय बैंकले सुन आयात बढाएको हो।

चालु आर्थिक वर्षको आठ महिनामा १६ अर्ब रुपैयाँ भन्दा धेरैको सुन आयात भएको छ । तथ्याँक अनुसार फागुन मसान्तसम्ममा २३ लाख ग्राम अर्थात २३ सय केजी सुन आयात भएको हो। जसको मूल्य १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँ रहेको छ।
-Merolagani

100% LikesVS
0% Dislikes
Spread Your Love !!!