मदनकृष्णलाई भेटिन युगान्डाकी गायिका बियोन्सेले: खसालिन आशु


लेखक : लेखापढी      १९ चैत्र २०७७, बिहीबार ०१:३५ मा प्रकाशित     
मदनकृष्णलाई भेटिन युगान्डाकी गायिका बियोन्सेले: खसालिन आशु

काठमाडौं । ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगान्डाकी गायिका बियोन्से कलाकार मदनकृष्ण श्रेष्ठसँग बुधबार काठमाडौंमा भेटिन् । युगान्डाको झण्डाअंकित पहिरनसहित उनी मदनकृष्ण श्रेष्ठलाई भेट्न पुगेकी थिइन् ।

केही समयअघि मदनकृष्ण श्रेष्ठले पनि यस गीतको ‘लिजेन्डरी भर्जन’ गाएका थिए । उक्त गितलाई नै बियोंसेले गाएर चर्चित बनिन । 
उनले गीत गाएपछि श्रेष्ठले बियोन्सेसँग भेट्ने इच्छा व्यक्त गरेका थिए । केहि दिन अघि मात्र बियोन्सेले आफू मदनकृष्णबाटै प्रभावित भएर यो गीत गाएको बताएकि थिइन् । 

बुधबार मदनकृष्ण संगको भेटमा खुशी हुदै बियोन्सेले आफूलाई सम्हाल्न नसकी आशु खसालेकी थिइन ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!