पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण


लेखक : लेखापढी      १९ चैत्र २०७७, बिहीबार ०१:१४ मा प्रकाशित     
पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण

दमौली । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४, मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट भरतपुरतर्फ उडेको इयर डाइनेस्टिको हेलिकोप्टर मौसम खराबीका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको जानकारी दिए । “प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदै छ, विस्तृत विवरण केही बेरमा आउनेछ,” उनले भने । रासस

100% LikesVS
0% Dislikes
Spread Your Love !!!