राजनीति र साहित्यका दुई शिर्षस्थ व्यक्तित्वको निधन


[ss_social_share]
लेखक : लेखापढी      १८ चैत्र २०७७, बुधबार १०:५४ मा प्रकाशित     
राजनीति र साहित्यका दुई शिर्षस्थ व्यक्तित्वको निधन

नेपाली राजनीतिक क्षेत्रका पुराना नेता विष्णुबहादुर मानन्धरको चैत्र १६ गतेका दिन रातको ८ बजेर २० मिनटमा निधन भएको छ । राणाविरोधी आन्दोलनमा लागेर आफ्नो राजनीति जीवनको प्रारम्भ गरेका मानन्धरले आफ्नै पिताले किसानलाई दिएको ऋणको तमसुक च्यातेर सात सालबाट राजनीति शुरु गरेका थिए ।

नेपालको वामपन्थी आन्दोलनका एक सादगीपूर्ण जीवन बिताउने इमान्दार नेताको रुपमा उनको पहिचान बनेको थियो । जीवनमा कुनै पनि सरकारी पद नलिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनमा उनको महत्वपूर्ण योगदान थियो । उनी लामो समयसम्म नेकपा (संयुक्त) का महासचिव थिए । उनले नेकपा (संयुक्त) बनाउनमा ठुलो भूमिका खेलेका थिए । उनले आज मंगलबार चैत्र १७ गते दिउँसो पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।

सुप्रसिद्ध लेखक एवम् अनुवादक कृष्णप्रकाश श्रेष्ठको चैत्र १६ गते रुसको मस्कोमा निधन भएको छ । उनी वि.स. १९९४ साल तेजकुमारी एवम् रामबहादुर श्रेष्ठका सुपुत्रका रुपमा शोािणतपुर, थाककोट, काठमाडौंमा जन्मिएका थिए ।

उनले रुसमा बसेर नेपाली साहित्य लेखनका क्षेत्रमा महत्वपूर्ण कार्य गर्नुका साथै रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गरिरहेका थिए । उनका प्रकाशित कृतिमा इ.भा. मिनाएभको नेपाल (यात्रानुभव, २०२८), रूसमा नेपालको अध्ययन (निबन्ध, २०३७), नेपाल भाषा साहित्य (इतिहास, २०५४), रूसमा नेपालको छवि (शोध, २०५६), माक्र्स इन्गेल्स (राजनीति, सन् १९७९), दर्शनशास्त्रको प्रारम्भिक ज्ञान (भुगोल, सन् १९७७), उपहार (शिक्षा, सन् १९७८), रूसी महावीरहरूको कथा (बालसाहित्य, २०५८), नेपाली किम्बदन्ती माला (काव्य, २०६३), स्थान नाम कोश (कोश, २०६७) आदि रहेका छन् ।

नेपाली र रुसी साहित्यलाई जोड्नमा उनको महत्वपूर्ण योगदान रहेको छ । नेपाली भाषाका सिर्जना, अनुसन्धान तथा प्रचारप्रसारमा चार दशक अघिदेखि सक्रिय भएर नेपाली वाङ्मयको सेवामा समर्पित भए बापत उनलाई वि.स. २०५९ सालको जगदम्बा श्री पुरस्कार दिइएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •